तीन महिनाभित्र रेल सञ्चालनमा ल्याएरै छाेडिन्छ : मन्त्री नेम्वाङ्ग

तीन महिनाभित्र रेल सञ्चालनमा ल्याएरै छाेडिन्छ : मन्त्री नेम्वाङ्ग

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ्गले चालु आर्थिक वर्षभित्र जनकपुर–जयनगर रेल सञ्चालनमा आउने बताउनुभएकाे छन् । जनकपुर जयजगर रेल्वेको शुक्रबार निरीक्षण गर्न जनकपुर आएका मन्त्री नेम्वाङ्गले आगामी ३–४ महिनाभित्र रेल सञ्चालनमा ल्याएरै छोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। जयनगरबाट कुर्थासम्म ३५ किलोमिटरमा यसै आर्थिक वर्षदेखि रेल गुड्ने मन्त्री नेम्वाङ्गले दावी गर्नुभएकाे छ ।

‘रेलमार्ग तयार भइसकेकाले विदेशबाट दक्ष कर्मचारी मगाएर पहिलो चरणमा कुर्थासम्म, दोस्रो चरणमा बर्दिबाससम्म र पछि निजगढसम्म रेल गुड्ने छ’ उहाँले भन्नुभयाे । मन्त्री नेम्वाङ्गका अनुसार रेल गुडाउन ५–७ जनाको प्राविधिक टोली मात्र भारतबाट ल्याइनेछ । रेल सञ्चालन गर्न २६० कर्मचारीको दरबन्दी सिर्जना गरिएको पनि उहाँकाे भनाइ छ ।

‘यहाँ दक्ष प्राविधिक तयार भइसकेपछि भारतीय टोली फर्किनेछन् र अन्य कर्मचारी नेपाली नै रहनेछन्’ कर्मचारी व्यवस्थापन गर्न समस्या नहुने उहाँले उल्लेख गर्नुभयाे । मन्त्री नेम्वाङ्गसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, रेल्वे विभागका महाप्रबन्धक बलराम मिश्र लगायतका सराेकारवालाहरू निरीक्षण टोलीमा सहभागी थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )