जन्मदिनमा नेता खनालले न कोहीसँग भेटे, न त केक काटे

जन्मदिनमा नेता खनालले न कोहीसँग भेटे, न त केक काटे

झापा । विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ७१औँ जन्मदिनको सबै कार्यक्रम स्थगित गर्नु भएको छ । हिजो बिहिवार परेको जन्मदिनको अवसरमा पार्टी र सरकारको निर्णय, निर्देशनलाई कार्यान्वयन गर्दै कुनै पनि कार्यक्रम नगरिएको नेता खनालले बताउँनुभयो ।

बरिष्ठ नेता खनालले जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिँदै भन्नुभयो ‘विभिन्न प्रविधिको माध्यमबाट शुभकामना दिनुहुने सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरु, पार्टी अध्यक्ष, पार्टीका सबै नेता कार्यकर्ता, सबै जनबर्गीय संगठनका नेता कार्यकता, सामाजिक अभियान्ता, पत्रकार, सुरक्षा निकायका प्रमुखहरु, विदेशिनियोगका पाहुनालगायत सम्पूर्णमा शुभकामना शुभेच्छाका लागि बिषेश धन्यवाद सहित आभार प्रकट गर्दछु ।’ नेता खनालले थप्नुभयो ‘तपाईंहरुको शुभकामना र शुभेच्छालाई खेरजान दिने छैन, सधैँभरी देश र जनताको पक्षमा लडिरहने छु ।’

पूर्वप्रधानमन्त्री समेत रहनु् भएका नेता खनालले विश्वव्यापी माहामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट बच्नका लागि दैनिक जिवनयापनमा ध्यान दिन समेत सबै नेपालीलाई आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )