बिर्तामोडमा मास्क कालोबजारी गर्ने २ पक्राउ

बिर्तामोडमा मास्क कालोबजारी गर्ने २ पक्राउ

झापा । कोरोनाको त्रासका कारण यतिबेला बजारमा मेडिकल र सर्जिकल मास्कको अभाव छ । मास्क अभावको मौका छोपी कालोबजारी गर्नेहरु सिमावर्ती जिल्ला झापामा पनि सक्रिय भएका छन् । प्रहरीले मास्कको कालोबजारी गर्ने २ जनालाई झापाको बिर्तामोडबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका ४ का २८ बर्षिय अजिम अन्सारी र सोही ठाउँका २३ वर्षिय श्रवण माझी रहेका छन् ।

उनीहरुले अधिकतम ५ रुपैयाँ प्रतिगोटा पर्ने सर्जिकल तथा पेपर मास्कलाई धेरै परिमाणमा खरिद गर्दा न्यूनतम १७ रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको छ । मास्क अभाव भएको मौकामा व्यापारीलाई जति पनि मास्क उपलब्ध गराउने गरेको सुचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

मेडिकल तथा व्यापारीलाई देखाउन एक हजार थान ‘स्याम्पल’ लिएर आएका उनीहरु प्रहरी फन्दामा परेका थिए । प्रहरीले मास्क राखिएको गोदाम र सम्लग्नहरुको खोजी भइरहेको जनाएको छ । उनीहरुको सम्पर्क भारतीय व्यापारीहरुसँग समेत देखिएकाले सिमावर्ती बजारबाट यसको कारोबार भइरहेको हुनसक्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )