झापाका बजारहरु बन्द, अतिआवश्यक सेवा भने खुल्ला

झापाका बजारहरु बन्द, अतिआवश्यक सेवा भने खुल्ला

झापा । बिर्तामोड उधोग वाणिज्य संघले आगामी चैत २१ गतेसम्मका लागि बजार बन्द गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।

नेपालमा कोरोना भाइसको संक्रमण नफैलियोस भन्दै सरकारले अतिआवश्यक बाहेकका सबै बन्द गर्न आह्वान गरेसंगै धमाधम ब्यवसायहरु बन्द गर्न थालिएको छ । सरकारले गरेको निर्देशन र स्थानीय सरकारको अनुरोधलाई स्वीकार गर्दै वाणिज्य संघहरुले व्यवसायीलाई बजार बन्द गरिदिन आग्रह गरेका हुन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र महासचिव भेषराज भण्डारी (प्रशान्त) ले हस्ताक्षर गरेको विज्ञप्तिमा बजार बन्द गरेर सहयोग गरिदिन आग्रह गरेका छन् । सरकारले सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको भन्दै सबै संयमित हुनु पर्ने बताइएको छ ।

वाणिज्यसंघको आग्रहसंगै बिर्तामोडका बजारहरु बन्द हुन थालेका छन् । उता कनकाई उधोग वाणिज्य संघले पनि आज विहान नगरपालिकको बैठकमा साझा धारणा बनाउदै बजार बन्द गर्ने घोषणा गरेको अध्यक्ष त्रिलोचन चिमोरियाले जानकारी दिए । अत्यावश्य बाहेकका सबै व्यवसाय बन्द गरिदिन आग्रह गरेको चिमोरियाले बताए ।

यसैबीच झापाका विभिन्न स्थानमा लाग्ने हाटबजारहरु बन्द हुन थालेका छन् र राजमार्गमा सवारी साधन समेत पातलो रुपमा गुडि रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )