सहारा नेपालद्धारा क्वारेन्टाइनमा बसिररहेकाहरुलाई खाद्य सामाग्री बितरण

सहारा नेपालद्धारा क्वारेन्टाइनमा बसिररहेकाहरुलाई खाद्य सामाग्री बितरण

चारपाने । सहारा नेपाल साकोसमा कार्यरत कर्मचारीहरुद्धारा गठित मानबीय सहायता कोषले कनकाई नगरपालिका स्थित कोभिड १९ कोराना भाइरसको उपचारका लागि स्थापना गरिएको क्वारेन्टाइनमा बसिररहेकाहरुलाई खाद्य सामाग्री उपलब्ध गराएको छ ।

कनकाई नगरपालिका बडा नं १ स्थित दलित भवनमा बसिरहेका उनीहरुका लागि ५ बोरा चामल, १ बोरा दाल, २ बोरा आलु, १ कार्टुन तेल, मटर, चिनी, चिउरा, चियापत्ती, ग्यास सिलिण्डर, प्याज, खोर्सानी, बेसार, मसला , साबुन लगायतका सामाग्री बितरण गरिएको सहारा नेपाल साकोसका बरिष्ठ प्रबन्धक राजकुमार दर्नालले बताए । सो बितरणका क्रममा संस्थाका बरिष्ठ सहायक प्रबन्धक पवन मण्डल, शाखा प्रबन्धक कृष्णप्रसाद लुइटेल, क्वारेन्टाइन प्रमुख लक्ष्मीप्रसाद अधिकारीको उपस्थिती थियो ।

संस्थाका कर्मचारीहरुको कोष अन्तरगत रहेको रकम अन्तरगत क्वारेन्टाइनमा बसेका सम्पूर्ण बिरामीहरुको सेवाका लागि यस्तो निर्णय गरिएको र यसै सेवाभाव अन्तरगत अन्यत्रका बिरामीलाई पनि खाद्यान्न उपलब्ध गराइने सहारा नेपाल साकोसका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )