बिर्तामोड नगरको जोश : बिपन्नलाई ५० लाखको राहत कोष

बिर्तामोड नगरको जोश : बिपन्नलाई ५० लाखको राहत कोष

बिर्तामोड । बिर्तामोड नगरपालिकाको बैठकले कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष स्थापना गर्दै सोही कोष मार्फत राहत वितरण गर्ने तयारी गरेको मेयर धु्रव कुमार शिवाकोटीले जानकारी दिए । जुन कोषमा नगरपालिकाले ५० लाख रुपैया हालेको छ ।

सो कोषमा मेयर, उपमेयर , प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, प्रशासन विभाग प्रमुख देवराज कार्की, वडाध्यक्ष, कार्यपालिका सदस्य र बडा सदस्यहरु सबैले एक महिनाको तलव सुविधा जम्मा गर्ने निर्णय भएको छ ।

गरिव, विपन्न परिवारलाई बिर्तामोड नगरपालिकाले घरघरमै राहत वितरण गर्ने भएको छ ।
नगरले बनाएको राहत कोषबाट व्यवस्थित रुपमा राहत वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत खतिवडाले जानकारी दिए । अहिले सबै वडामा गरिव , विपन्न र असहायको लगत संकलन गर्ने काम भइरहेको छ, खतिवडाले भने – लगत संकलनपछि घरघरमा रातह सामग्री पु¥याइनेछ ।

राहतमा खाद्य सामग्री हुने उनको भनाई छ । यस्तै, बैठकले व्यक्तिगत वा संस्थागत रुपमा राहत वितरण रोक्ने निर्णय गरेको छ । सो राहतलाई व्यवस्थित गर्दै नगरपालिका मार्फत नै वितरण गर्ने बताइएको छ ।

नगरपालिकामा दाताहरुले दिने राहत संकलन गर्ने र एकद्वार प्रणालीबाट वितरण गरिने छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )