सहाराद्धारा राहत प्याकेज घोषणा

सहाराद्धारा राहत प्याकेज घोषणा

बिर्तामोड । सहारा नेपाल साकोस लि. बिर्तामोड २, झापाद्धारा कोरोना भाईरस महामारी रोकथाम तथा नियन्त्रणका लागि सहकार्यका साथै राहत प्याकेज घोषणा गरेको छ ।

जो यस प्रकार छ ।
कारोना भाईरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिंगो बिश्व कठिन समय र परिस्थितीबाट गुज्रिरहेको ब्यहोरा सबैलाई अबगत भएकै कुरा हो ।

यसै सन्दर्भमा नेपाल सरकारले अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु चैत्र ९ गतेदेखि बन्द गरी लकडाउन गरेर सम्पूर्ण नागरिकहरुलाई घरमै बसेर सहयोग गर्न आह्वान गरिसकेको छ ।

यस कठिन परिस्थितीमा यस सहकारी संस्थाले पनि आफ्ना सेयर सदस्यहरु, कर्मचारीहरु र समुदायको हितको लागि मन फुकाएर आपत बिपदको यस घडिमा सहयोग गर्नु पर्ने दायित्व सम्झेर संस्था चैत्र २१ गतेदेखि २५ औं बर्षमा प्रवेश गरेको अवस्थामा सबैमा सुस्वास्थ्य र सुरक्षित रहन आव्हान गर्दै देहाय बमोजिमका राहतका कार्यक्रमहरु घोषणा गर्दछौं ।

तपसिल
यस संस्थामा रहेका अति बिपन्न तथा लघुबित्त सदस्यहरुलाई लकडाउनको अवस्थामा खर खाँचो टार्न रु ५०००÷– सम्म बिना ब्याजको सापटी रकम उपलब्ध गराईने छ । उक्त रकम २ महिना भित्र बुझाउनु पर्ने छ । यसको लागि संस्थाले ५ करोडको ब्यवस्था गरेको छ ।

यस संस्थालाई सदस्यहरुले यही चैत्र मसान्त भित्र बुझाउनु पर्ने किस्ता तथा ब्याज यही २०७७ बैशाख भित्र बुझाउन सकिने र सो अवधिको हर्जना छुट गरिनेछ ।

यस बिपदको घडिमा प्रदेश सरकार, स्थानीय तह, जिल्ला बिपद् ब्यवस्थापन समन्वय समितिहरु सँगको सहकार्यमा आइसोलेसन, क्वारेन्टाईनमा बसेका तथा बिपन्न परिवारहरुको लागि खाद्यान्न तथा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको लागि पि.पि.ई सहयोग समेतको लागि सहारा कर्मचारी मानवीय सहायता कोष सहित ५० लाखको राहत प्याकेज घोषणा गरेका छौं ।

यस कार्यमा हाम्रा सम्पूर्ण सेयर सदस्यहरु, सहकारीकर्मी मित्रहरु, जिल्ला सहकारी संघ, राष्ट्रिय सहकारी बैंक र राष्ट्रिय सहकारी महासंघ समेतको सहयोग, समन्वय र निर्देशन अपरिहार्य सम्झेका छौं ।

महेन्द्रकुमार गिरी
कार्यकारी प्रमुख, सहारा नेपाल साकोस

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )