झापाको हल्दिबारीका युवकको पिसिआर रिपोर्ट नेगेटिभ

झापाको हल्दिबारीका युवकको पिसिआर रिपोर्ट नेगेटिभ

झापा । ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट गरिएको परीक्षणमा झापा हल्दिबारीका एक युवकमा एन्टिबडी पोजेटिभ देखिए पनि पिसिआर प्रविधिमा भने नेगेटिभ देखिएको छ । बिहीबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणबाट पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

बुधबार हल्दिबारी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणका क्रममा वडा नं. २ का ३९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएको थियो । त्यस लगत्तै युवकको स्वाब संकलन गरी परीक्षणका लागि बुधबार साँझ नै कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको थियो । बिहीबार दिउँसो आएको रिपोर्टबाट पिसीआर टेष्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । ‘पिसीआर नेगेटिभ भएसँगै कोभिड–१९ को संक्रमण नभएको प्रष्ट हुन्छ’ जिल्ला विपद् व्यवस्थापन समिती सहायता कक्षका सचिव समेत रहेका चम्लागाईँले भने, ‘त्यसैले आत्तिनु पर्दैन ।’

उनले आरडीटी पोजिटभ देखिएका युवकसहित झापाबाट पठाइएका २१ जनाको थ्रोट स्वाब परीक्षणबाट पिसिआर रिपोर्ट नेगेटिभ आएको समेत बताए ।

आरडीटी पोजिटिभ देखिएका युवक गत चैत ५ गते दुबईबाट घर फर्किएका थिए । उनलाई हल्दिबारीस्थित क्वारेन्टाइनमै राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )