बिर्तामोडमा घुमन्ते सब्जी पसल, दूध, औषधि पसल नियमित सञ्चालन गर्न पाइने

बिर्तामोड । बिर्तामोड नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष नगरपालिका स्तरीय समितिले आज विभिन्न तीन वटा निर्णय गरेको छ ।

नगरबासीको दैनिक सञ्चालनमा सहजता ल्याउन एवम् अत्यावश्यक वस्तुको अभाव हुन नदिन समितिले खाधान्नका पसल दिनको १२ बजेदेखि ३ बजेसम्म मात्र खोल्न पाइने निर्णय गरेको छ ।

त्यस्तै, स्थानीय रूपमा उत्पादित घुमन्ते सब्जी पसल, दूध, औषधि पसल नियतित सञ्चालन गर्न पाइने निर्णय गरिएको नगरप्रमुख धुवकुमार शिवाकोटीले जानकारी दिनुभयो ।

‘अत्यावश्यक वस्तुको अभाव हुन नदिन र लकडाउनको पूर्ण पालना गर्न÷ गराउन नगरपालिका लागि परेको छ’, उहाँले भन्नुभयो, ‘नगरबासीमा समितिको निर्णय अनुसार कामकारबाही गर्न अनुरोध गर्दछौँ ।’

समितिले वैशाख १५ गतेसम्म कृषि थोकमा रहेको सब्जीको ल्याब सेवा बन्द गरिर्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )