४ लाख बराबरको स्वास्थ्य सामाग्री गृह जिल्ला पठाए नेता खनालले

४ लाख बराबरको स्वास्थ्य सामाग्री गृह जिल्ला पठाए नेता खनालले

झापा । कोभिड–१९ को जोखिम बढीरहेको बेला पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो गृह जिल्लाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।

ईलाम क्षेत्र नम्बर १ का संघिय सांसदसमेत रहनुभएका खनालले जिल्ला समन्वय समिति (जिसस) ईलामले पाउने गरी काठमाडौँमा बस्दै आएका नेकपा कार्यकर्ता कुनाल राई र मनिष लिम्बू लाई ४ लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

थर्मगन, स्यानिटाइजर, सर्जिकल मास्क, एन–९५ मास्क र पिपिइ सेट रहेको उक्त स्वास्थ्य सामाग्रीहरु प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा जिल्ला समन्वय समितिलाई जिम्मा लगाईने राईले जानकारी दिनु भएको छ । उक्त सामाग्रीहरु जिल्लाका सबै स्थानीय तहहरुलाई हस्तान्तरण गरिने खनालका स्वकिय सचिव कृष्ण भटट्राईले बताउनुभयो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )