ग्लोबल आइएमई बैकद्धारा राहत सहयोग

ग्लोबल आइएमई बैकद्धारा राहत सहयोग

बिर्तामोड– बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण राहत कोषका लागि राहत संकलन जारी छ । जस अन्तरगत बिर्तामोडस्थित ग्लोबल आइएमइ बैकले एक हजार किलो चामल प्रदान गरेको छ ।

उक्त चामल बैंकका प्रबन्धक पवनकुमार पौड्यालले नगर प्रमुख ध्रुबकुमार शिबाकोटीलाई हस्तान्तरण गरेका छन् । ४६ हजार मूल्य बराबरको चामल बिर्तामोडका गरिब तथा बिपन्न समुदायका लागि हस्तान्तरण गरिएको पौडेलले बताए ।

बिर्तामोड नगरपालिकामा स्थापना भएको कोरोना संक्रमण राहत कोषमा हाल सम्ममा १ करोड २४ लाख भन्दाबढी रकम तथा खाद्यान्न सामग्री जम्मा भइसकेको छ ।
यसैगरी सोही बैंकले एकका लागि एक अभियानका लागि करिब ४० परिवारलाई पुग्ने खाद्यान्न चामल सहयोग गरेको छ । त्यस ४६ हजार मूल्य बराबरको १ हजार केजी चामल उपलब्ध गराएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए ।
ग्लोबल आइएमई बैंक प्रदेश १ उपप्रमुख श्कविन्द्र रेग्मी र बिर्तामोड शाखाका प्रबन्धक पवन पौडेलले सो सहयोग हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )