क्या बात मन्त्रीज्यु । मनको कुरा गर्नु भो

क्या बात मन्त्रीज्यु । मनको कुरा गर्नु भो

संघिय सरकारले भर्ना खुला गर्न दिने तयारी गरेपछि मन्त्री कार्कीले निजी विद्यालयमा पढाई सुरु गर्न नमिल्ने प्रतिक्रिया दिएका हुन ।

सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया सार्बजनिक गरेका कार्कीले संक्रमित बढ्ने क्रममा रहेकाले विद्यालय सञ्चालन गर्न हतार गर्न नहुने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा प्रदेश १ सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले यस्ताे लेखेका छन् :–

सरकारी स्कुल क्वारेन्टाइन बनाउने र प्राईभेट स्कुल चै पढाई शुरु हुने भन्ने कुरा पुर्ण रुपमा गलत हो । पठनपाठन अझै केहि समय सुचारु हुदैन । संक्रमणको जोखिम उच्च छ । स-साना नानी बाबू लाई हाम्रो हतारोमा खतराको क्षेत्रमा बेपर्बाह पठाउन होम्न सकिदैन, र राज्य तयार हुदैन ।

जेष्ठ नागरिक र स-साना केटाकेटी लाई जोखिमको खतरा बढी भएकोले यस्ता संबेदनसिल क्षेत्र र ब्यक्तीसग सम्बन्धित क्षेत्र खोल्ने सरकारको प्राथमिकता मा पछि पर्छन । साथै अब सरकारेले आफ्ना नागरीक बिदेश बाट ल्याउने कामलाई उच्च प्राथमिकतामा राखेको छ । सो को लागी आबश्यक पर्ने होल्डिङ यरिया , क्वारेन्टाइन र आईशोलेश एरिया निर्माण काम लाई तिब्रता दिएको छ ।

त्यसैले आबश्यक्ताको आधारमा होल्डिङ एरिया , क्वारेन्टाइन र आईशोलेशन वार्ड का लागी स्वास्थ्य र सुरक्षाका मापदण्ड पुगेको ठाउमा सरकारले निर्णय गरि जहा पनि बनाउन सक्छ।यसमा सबै ब्यक्ति , संघ ,संस्था पनि सकारात्मक र सहयोगि बन्नै पर्छ साथै राज्यका जिम्मेवार प्रतिनिधीहरु झनै बढी जिम्मेवार भएर सक्रीयता बढाउने र आपसी समन्वय पनि बढाउनु पर्छ ।

बर्षात यामको सुरु हुन लागेको छ। नोबल कोरोना भाईरस (covid -19) को संक्रमणको प्रकोप परिक्षण लाई ब्यापक बनाए सगै अझै धेरै बढन सक्ने स्पष्ट देखिएको छ।त्यस कारण स्वदेशमा रहेका र बिदेश बाट आएका नेपाली नागरिक र कतिपय सन्दर्भमा बिदेशी नागरिक लाई समेत सुरक्षित ठाउमा राख्नु पर्ने , परिक्षण गर्नु पर्ने उपचार पछि सम्बन्धित क्षेत्रमा पुर्‍याउने पर्ने दायित्व सरकारको हो । यसका निम्ती संघिय सरकार , प्रदेश सरकार र स्थानिय तहले आमरुपमा आफ्नो सामर्थ्यले भ्याए सम्म पुर्ण क्षमता देखाएका छन ।

स्वास्थकर्मी , सुरक्षाकर्मि , सामाजिक संघ संस्था , निजामतीका फ्रन्ट लाईनमा उभिने साथीहरु अहोरात्र खटिनु भएकै छ , म उहाहरु लाई हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु । लकडाउन कै बिच गर्नु पर्ने हाम्रा कृषी ,उध्धोग ,बिकाश निर्माण लगायतका कामहरु प्रथमिकताका साथ संचालन भएकै छन ।अब कोरोना प्रकोप बाट जोगिदै हामीले आफ्ना दैनिक जिवन सहज बनाउने कार्यबिधी तय गर्नु पर्ने छ ।

यस निम्ती सरकारले गृहकार्य गरिरहेको छ । यस सन्दर्भमा यहाहरुका रचनात्मक सुझाब र सरसल्लाहको सरकार सदैब अपेक्षा गर्दछ । यस सगै सरकारि निकाय बाट हुनु पर्ने कतिपय सेवाप्रबाह समयमा नभएको , स्तरिय नभएको र भन्ने जनगुनासा पनि आएका छन ।

हामी सरकार , सरकारी निकाय र कानून द्वारा स्थापित सार्बजनिक तथा निजि जनता लाई सेवा प्रदान गर्ने संस्था ,अफिस , ब्यक्तीहरु यस्तो बिषम परिस्थितिमा झनै जिम्मेवार , चुस्तदुरुस्त हुनै पर्छ । कहि कतै कमि नहोस जनताका तर्फ बाट गुनासो नआउने गरि स्तरिय र समयमै काम सम्पादन गर्नु हाम्रो परमदायित्व हो ।

आफ्नो दायित्व नभुलौ। दायित्व नभुलौ , लापरबाही नगरौ यस्तो यदि कतै देखियो भयो भने सम्बन्धित जिम्मेवार पक्षले कानूनी कार्बाही गर्ने कुरामा कुनै समय पर्खिनु आबश्यक छैन । हामी सबैलाई चेतना भया ! धन्यवाद ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )