सरिता गिरी पार्टी र सांसदबाट निस्कासित

सरिता गिरी पार्टी र सांसदबाट निस्कासित

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले सरिता गिरीलाई प्रतिनिधिसभा सदस्यबाट निस्कासित गरेकाे छ ।

राजपाले गिरीलाई साेमबार सांसदबाट निस्कासित गरेको हाे। राजपाले गिरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी सांसदबाट हटाएको जनाएको छ ।

पार्टीको निर्णय विपरीत कार्य गरेकाेले राजपाले गिरीलाई सांसदबाट हटाएको हाे । संविधान  संशाेधनमा गिरी पार्टीको निर्णय विपरीत प्रस्तुत भएकी थिइन् ।

पछिल्लो समय राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीले मुलुक नयाँ नक्शा कार्यान्वयनकाे लागि संविधान संशाेधनकाे पक्षमा मतदान गर्ने निर्णय गरेको थियोे  । जनता समाजवादी पार्टीले आफ्ना सांसदहरूलाई संविधान संशाेधनकाे पक्षमा मतदान गर्न ह्वीप लगाएको थियाे ।

गिरी भने पार्टी ह्वीप विपरीत संविधान संशोधनकाे विपक्षा उभिएकी थिइन्। सरकारले संविधान संशाेधन विधेयक ल्याएपछि गिरीले त्यसलाई खारेज माग गर्दै प्रस्ताव दर्ता गरेकी थिइन ।

जनता समाजवादी पार्टीले गिरीलाई प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियोे  । पार्टीले प्रस्ताव फितार्न नलिए कार्बाही गर्ने चेतावनी समेत दिएको थियोे  । तर गिरी भने पार्टीको निर्णय र चेतावनीलाई बेवास्ता गर्दै संविधान संशोधनकाे विपक्षमै अडिग भएकी थिइन् । शनिबार प्रतिनिधिसभामा संविधान संशाेधनकाे लागि मतदान हुँदा गिरी संसदबाट बाहिरिएकी थिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )