रोकिएन नदी दोहन

रोकिएन नदी दोहन

बाँके । जिल्लाका विभिन्न ठाउँमा लकडाउनमा पनि नदप् तथा खोला दोहन भइरहेको छ । निर्माण व्यवसायीले लकडाउनको बेला पनि नदी तथा खोलाबाट खवैध रुपमा गिट्टी तथा बालुवा लिकालेर दोहन गरेका हुन् ।

निर्माण व्यवसायीले नदिजन्य पदार्थको अभाव झेलिरहेका बेला राप्तीसोनारी गाउँपालिका अन्र्तगत रहेका विभिन्न खोलाबाट भने ढुंगा, बालुवा, गिट्टीको अवैध ओसारपसार भइरहेको छ । अवैध दोहनलाई नियन्त्रण गर्न र निर्माण व्यवसायीलाई नदीजन्य पदार्थको सहजीकरणका लागि अनुगमन भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो । उहाँका अनुसार एकातिर नदीजन्य पदार्थको कमी भएको छ । अद्यपि नदी तथा दोहन भने पूर्ण रुपमा रोकिएको छैन ।

नदी दोहन भएको खबर पाएसँगै जिल्ला प्रशासनले सक्रियता बढाएको छ । तर पनि बालुवा, गिट्टी रातिको समयमा चोरी निकासी हुने गरेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )