५ बिशेषता बोकेको बिर्तामोडको बजेट (नीति तथा कार्यक्रमसहित…)

५ बिशेषता बोकेको बिर्तामोडको बजेट (नीति तथा कार्यक्रमसहित…)

बिर्तामोड । बिर्तामोड झापाको उद्योग, ब्यापार, बैक तथा बित्तीय संस्था र सहकारीको हब हो । कृषि र पशुपालनको क्षेत्रमा पनि आत्मनिर्भर बन्दै गरेको बिर्तामोड शिक्षा र स्वास्थ्य र संचारको पनि केन्द्र बन्दै गएको छ ।

यहाँ १८ बटा सामुदायिक र ५५ बटा संस्थागत बिद्यालय छन् । १ दर्जन ठूला अस्पताल छन् यहाँ । सय भन्दा बढी सहकारी, ३ दर्जन ठूला बैंक र बित्तीय संस्था, इन्स्योरेन्स कम्पनी छन् । दुइ दर्जन संचार संस्था क्रियाशील रहेका छन् ।

यो परिप्रेक्षमा यस वर्षको बजेट, नीति तथा कार्यक्रमले मूलतः शिक्षा, स्वास्थ्य, संचार, उद्योग, बाणिज्य, सहकारी, कृषि र पशुपालन क्षेत्रको समग्र विकासको खाका तयार पारेको छ । हेरौं… बिर्तामोडको बजेट, नीति तथा कार्यक्रम

.व. २०७७÷०७८ का लागि प्रस्तावित नीति तथा कार्यक्रम

“पूर्वाधारयुक्त नगर, विषादीरहित कृषि र व्यवसायको अभिवृद्धि
सभ्य र स्वस्थ्य नागरिक, विर्तामोड नगरपालिकाको समृद्धि”

विर्तामोड नगरपालिकाको आज प्रारम्भ भएको पाँचौं नगर सभामा आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्ताव गर्न पाउँदा गौरवान्वित भएको छु । सर्वप्रथम नेपालमा प्रजातन्त्रको स्थापना, पुर्नस्थापना तथा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको लागि ज्यानको आहुती दिनु हुने आदरणीय ज्ञात अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्धा सुमन अर्पण गर्दछु । साथै, यस प्रकारका आन्दोलनहरुमा घाइते हुने र द्धन्द्ध पिडितहरुको स्वास्थ्य लाभको कामना गर्दछु ।

अहिले हामी कोरोना भाईरस (कोभिड–१९) को महामारीबाट उत्पन्न असामान्य परिस्थितिमा छौं । विश्व नै अनिश्चितताको भयले आक्रान्त भइरहेको छ । नेपालमा पनि विगत केही समयदेखि संक्रमण दरमा अप्रत्यासित बृद्धि भईरहेको छ । यस प्रकोपलाई नियन्त्रण गर्न नेपाल सरकारले गत २०७६ चैत्र ११ गतेदेखि सम्पूर्ण लकडाउन गरेको र यही २०७७ आषाढ १ गतेबाट आंशिक खुकुलो बनाइएको अवस्था छ ।

यस महामारीको प्रकोपबाट यस नगरपालिका समेत प्रभावित भएको छ । गत वर्ष स्वीकृत भएको नीति, बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न निकै नै कठिनाई आईपरेको छ । मुख्यतः मालपोत रजिष्ट्रेशन शुल्क, नक्सा पास दस्तुर, सम्पत्ति कर, बहाल कर र व्यवसाय कर आदि राजश्व संकलन हुने क्षेत्रहरुमा अनुमान गरिएको भन्दा करिव ९ करोड आय प्राप्त नभएको अवस्था छ ।

यस परिदृष्यमा कोभिड–१९ को संवेदनशीलतालाई समेत ध्यानमा राख्दै आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने अवस्था रहेको छ ।
स्थानीय तहलाई सक्षम र जिम्मेवार बनाइ सहभागितामुलक प्रक्रियाबाट नतिजामुलक ढंगले नगरवासीहरुको सहभागिता अभिवृद्धि गर्दै उपलब्ध श्रोत साधनको अधिकतम् परिचालन गरी योजना तर्जुमाबाट सहरको सौन्दर्यता बढाउने र ग्रामिण क्षेत्रको उत्पादनलाई बृद्धि गर्दै लैजाने दुरदृष्टिलाई मुख्य आधारको रुपमा लिइएको छ ।

विर्तामोड नगरपालिका सुशासनको अधिकतम् प्रत्याभुति हुने गरी विगत वर्षबाटै सुशासन, पारदर्शिता र जिम्मेवारी बोधका साथ अगाडि बढिरहेको छ । साथै यस नगरपालिकालाई भ्रष्टाचारमा शुन्य सहनशील नगरपालिकाको रुपमा स्थापित गर्न योजनाबद्ध रुपले गतिविधि संचालन गरिरहेको छ ।

आगामी आ. व. ०७७÷७८ को नीति तथा कार्यक्रम संघीय सरकार तथा प्रदेश सरकारको नीति तथा कार्यक्रम, पञ्चवर्षिय योजना, संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्य प्राप्ति तथा कोभिड–१९ को संवेदनशील योजना तथा विगतको नीति, कार्यक्रम समेतलाई आधार लिई देहाय बमोजिम प्रस्तुत गर्दछु ।

क) शिक्षा क्षेत्रको विकास

“बालमैत्री, पूर्ण सरसफाई एवम् प्रविधिमैत्री सिकाइको सिर्जना
आचरणयुक्त तथा जीवनोपयोगी शिक्षाको परिकल्पना”

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालय व्यवस्थापनलाई प्राथमिकता दिइनेछ । आधारभूत तह उमेर समूहका सबै वालवालिकाहरुको विद्यालयमा पहुँच तथा निरन्तरतामा जोड दिइ आ. व. ०७७÷७८ देखि आधारभूत शिक्षालाई सर्वसुलभ अनिवार्य तथा पूर्ण निःशुल्क गर्ने गरी शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिनेछन् ।

प्रारम्भिक बाल शिक्षा तथा विद्यालय कर्मचारीको पारिश्रमिक नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकसँग मिलान गरी उपलब्ध गराईनेछ । बाल विकास केन्द्रमा सामाग्री सहितको सिकाइ तथा बाल शिक्षकहरुको क्षमता विकास गर्दै लगिनेछ ।

विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीको क्षमता विकास गरी सिकाइमा नविनतम ज्ञान, सीप, क्षमता तथा प्रविधिको प्रयोग गर्न उत्प्रेरित गरिनेछ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि मासिक रुपमा प्रधानाध्यापक बैठक, विषयगत शिक्षकहरुको बैठक, समसामयिक तालिम, नियमित तथा सघन अनुगमन जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछन् ।

समाजलाई स्वस्थ्य र आचरणयुक्त बनाउन गत शैक्षिक सत्रदेखि कक्षा ३ र ४ बाट सुरु गरिएको आचरण तथा सचेतना शिक्षा नामक स्थानीय पाठ्यक्रम यस शैक्षिक सत्रदेखि कक्षा ५ र ६ मा लागू गरिएको छ र आगामी वर्षहरुमा क्रमशः आधारभूत तहका सबै कक्षामा लागू गर्दै लगिनेछ ।

विद्यालयमा पूर्ण सरसफाई, फूलवारी बगैँचा निर्माण, अभिभावक सचेतना जस्ता कार्यक्रमहरु सञ्चालन गर्न विद्यालयमा रहेका बाल क्लव, जुनियर रेडक्रस, स्काउट अदिको क्षमता विकास गरी परिचालन गरिनेछ । सबै वडा, टोल, विद्यालयमा बाल क्लव गठन गरी बालवालिकालाई परिचालन गरिनेछ ।

विर्तामोड नगरपालिका भित्रका विद्यालयहरुमा विद्यार्थीहरुलाई स्वच्छ पिउने पानी र सफा शौचालयको कार्यक्रम गत आ. व. मा सम्पन्न गरिएकोले आगामी आ. व. मा फर्निचर व्यवस्थापन, प्रविधिमैत्री कक्षाकोठा व्यवस्थापन र सिकाइ, शैक्षिक गुणस्तर अभिवृद्धि तथा मर्मत संभार, बालविकास केन्द्रमा शिक्षक विद्यार्थीका लागि ¥याक, दराज निर्माण, गत वर्षको भवन निर्माणको निरन्तरता, घेरावारा, प्रयोगशाला निर्माण, शौचालय निर्माण, कम्प्युटर, इन्टरनेट व्यवस्था, समाहित शिक्षातर्फको अटिजम कक्षाका व्यवस्थापन जस्ता कार्यक्रममा निरन्तरता दिइनेछ ।

तीन वर्ष भित्रमा नगर क्षेत्रमा शैक्षिक संस्थाहरुको भौतिक पूर्वाधार पूरा गरी अपाङ्गमैत्री र प्रविधियुक्त विद्यालय हुनेछन् भन्ने विश्वास लिइएको छ । सम्पूर्ण बालवालिकालाई विद्यालयमा ल्याऔ, टिकाऔ र सिकाऔ भन्ने अभियानलाई निरन्तरता दिइनेछ ।

बालवालिकाहरुको अन्तरनिहित प्रतिभा तथा क्षमता प्रस्फुटन र विकासका लागि विभिन्न ३ विधामा खेल सहजकर्ताको व्यवस्था गरी विद्यालय खेलकुद तथा अतिरिक्त क्रियाकलाप योजनाबद्ध रुपमा सञ्चालन गरिनेछ ।

सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था गरिनेछ । यसबाट छात्राहरुको भर्ना, तथा टिकाउ दरमा बृद्धि भई सिकाइस्तरमा सुधार हुने अपेक्षा गरिएको छ ।

सामुदायिक विद्यालयका कक्षा ५ सम्मका सबै बालबालिकाहरुका लागि दिवा खाजाको व्यवस्था गरी उनीहरुको पहुँच, निरन्तरता तथा सिकाइस्तर सुधारमा जोड दिइनेछ । यसै आ. व. मा सहारा नेपालको साझेदारीमा विद्यार्थी खाजा घर नभएका र व्यवस्थित नभएका विद्यायमा खाजा घर निर्माण तथा मर्मत गरी सञ्चालनमा ल्याइनेछ । विधालयमा सौचालय निर्माण गर्दा बायोग्याँस प्लान्ट जडान सम्बन्धी विभिन्न क्रियाकलापहरु संचालन गरिनेछ ।

कोभिड–१९ ले ल्याएको वर्तमान विषम परिवेशमा वालवालिकाहरुको वैकल्पिक सिकाई व्यवस्थापन तथा सहजिकरण र स्वास्थ्यसँग सम्वन्धित कार्यहरु तीनै तहको सरकारको संयुक्त प्रयासमा विविध कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
संस्थागत विद्यालयहरुले नियमानुसार उपलव्ध गराउने छात्रवृत्तिलाई विपन्न लक्षित तथा क्षमताका आधारमा जेहेन्दार छात्रवृत्ति उपलव्ध गराउन आवश्यक व्यवस्था मिलाईनेछ ।

सामुदायिक सिकाइ केन्द्रहरुलाई सेवा क्षेत्र भित्रका जनताहरुको लागि जनचेतना, साक्षरता तथा निरन्तर शिक्षाका कार्यक्रम संचालन तर्फ केन्द्रित गरिनेछ । सिकाइ केन्द्रमा कार्यरत परिचालिकाहरुको पारिश्रमिकमा न्यूनतम सुधार गर्न सिकाइ केन्द्रलाई निर्देशित गरिनेछ ।

विर्तामोड नगर क्षेत्रलाई शिक्षाको केन्द्र ९भ्मगअबतष्यल ज्ग्द्य० को रुपमा विकसित गर्न नगर भित्र संचालित सामुदायिक क्याम्पसहरुको गुणस्तर सुधार गर्दै सम्भाव्यताका आधारमा स्नातकोत्तर तहको पठन पाठन र संचालन हुने व्यवस्था मिलाईनेछ ।

ख) कृषि विकास

“कृषकको समृद्धिः व्यवसायिकरण र आधुनिक प्रविधि”

कृषिको संरक्षण र विकास, नागरिकको खाद्य सुरक्षाको प्रत्याभुतिका हिसावले सर्वाेपरी महत्वको विषय हो । हरेक नागरिकलाई पर्याप्त, पोषणयुक्त तथा गुणस्तरीय खाद्यान्नमा नियमित पहुँच पु¥याउनु सरकारको कर्तव्य हो । हालको कोभिड–१९ को विषम परिस्थितिमा कृषि उत्पादनमा बृद्धि र कृषिमा रोजगारीको बढोत्तरी गर्नुपर्ने आवश्यकतालाई ध्यान दिइएको छ ।

आगामी २ वर्ष भित्रमा नगरक्षेत्र भित्रका सम्पूर्ण कृषि योग्य जमिनलाई सिंचित गरिने छ । नगरक्षेत्र भित्रका सम्पूर्ण कृषियोग्य जमिनहरुलाई सिंचित र उत्पादनहरुको प्रशोधन र बजारीकरण गरिनेछ । यसरी खाद्यान्न र तेलहन बालीहरुमा नगर आत्मनिर्भर बन्न सक्ने छ । साथै कृषि उपजको विक्री वितरण केन्द्र निर्माण गरी कृषकहरुको विषादीरहित उत्पादनलाई विक्री वितरणको व्यवस्था मिलाईनेछ ।

मेयर विषादिमुक्त नगर कार्यक्रमलाई निरन्तरता दिइनेछ । जस अन्तरगत कृषकहरु प्लाष्टिक घर, प्लाष्टिक मल्चिङ्ग, एग्रो नेट, भर्मी कम्पोष्ट, ग्रीन नेट, जैविक विषादि, बानस्पतिक विषादि र नर्सरी टे« जस्ता प्रविधिहरुसँग परिचित हुँदै गईरहेका छन् । नगर क्षेत्रलाई क्रमश विषादीमुक्त बनाउन मेयर विषादीमुक्त नगर कार्यक्रमलाई आगामी वर्ष पनि ५० जना कृषकहरु माझ निरन्तरता दिइने छ ।
कृषि उत्पादनको लागत कम गर्न कृषिमा यान्त्रिकीकरण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

हालसम्म दर्ता गरिएका १५० वटा कृषक समूहहरुको व्यवस्थापकीय क्षमताको अभिवृद्धि गर्दै थप नयाँ कृषक समुहहरु गठन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

नगर क्षेत्रलाई हरियाली बनाउनका लागि फलपूmलका विरुवाहरु वितरण कार्यक्रमलाई निरन्तरता दिइने छ । माटो सुधार कार्यक्रम अन्तर्गत चालु आ.व. मा ५ वटा कृषक समूहहरुको माटो परिक्षण गरी १०० टन भन्दा बढी कृषि चुन कृषकहरुलाई उपलब्ध गराईनेछ ।
सहारा नेपालसँगको लागत साझेदारीमा कृषि उत्पादन, सिंचाई, बजारिकरण तथा कृषकको क्षमता विकाससँग सम्बन्धित क्रियाकलापहरु संचालन गरिनेछ ।

आलु, राज्मा, सुर्यमुखी, तोरी र फापर गरी जम्मा ५ बालीहरुको बृहद् उत्पादनको लागि बालीमा चक्लाबन्दी खेतीलाई प्रवद्र्धन गरिनेछ ।

विषादिरहित तरकारीको व्यावसायिक उत्पादनका लागि सहारा नेपालसँगको लागत साझेदारीमा व्यवसायिक तरकारी उत्पादन र साना सिंचाई कार्यक्रम संचालन गरिनेछ ।

ग) स्वास्थ्य सम्वन्धी नीति तथा कार्यक्रम 

“समृद्धिको आधार स्वस्थ नागरिक नै जिम्मेवार”

कोभिड–१९ को अकल्पनिय संकटको छायाँ मुनी त्रस्त÷निशब्द रुपमा रहेका आम नगरवासीहरुको प्राण भर्न अत्यावश्यक भएको छ । मुख्यतः स्वास्थ्य÷जनस्वास्थ्य, सामाजिक÷भौतिक दुरी, पूर्ण सरसफाई, क्वारेन्टीन तथा आईसोलेसन, मनोपरामर्श र सामाजिक पुनस्र्थापन जस्ता कार्यक्रमहरुबाट कोभिड–१९ को प्रकोपलाई रोकथाम तथा न्यूनीकरण गर्न सकिन्छ ।

प्रजनन् तथा मातृशिशु स्वास्थ्य कार्यक्रम अन्तर्गत कम तौलका बच्चा जन्मिने र गर्भवती तथा सुत्केरी आमाहरुमा हुने न्यून पोषणलाई कम गर्न क्याल्सियम चक्की वितरण कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

विर्तामोड नगरमा रहेको अनारमनी स्वास्थ्य केन्द्रलाई १५ शैय्याको नगर अस्पतालमा स्तरोन्नती गरी नगर अस्पताल संचालन गर्न आवश्यक व्यवस्था मिलाइएको छ । जस अन्तरगत करिव ६ करोडको लागतमा नगर अस्पताल भवन निर्माण कार्यको सम्झौता भइसकेको छ । अस्पतालमा आवश्यक पर्ने विशेषज्ञ डाक्टर, नर्स तथा प्राविधिक जनशक्तिहरुको व्यवस्थापनको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ । साथै उक्त अस्पतालमा डाइलोसिस सेन्टर स्थापनाको लागि रोटरी क्लब, विर्तामोडको सहयोगमा ६ वटा डाइलोसिस मेशिन प्राप्त हुनेछ ।

वडा नं.–१ र ४ मा स्वास्थ्य केन्द्र भवन निर्माणको लागि सम्झौता भइ कार्य प्रारम्भ भइसकेको र आगामी आ. व. मा थप २ वटा स्वास्थ्य केन्द्र निर्माण निर्माण गरिनेछ ।

नगर भित्रका अति विपन्न एक हजार परिवारलाई छनौट गरी स्वास्थ्य वीमा गर्ने कार्य सम्पन्न भएको र आगामी आ. व. मा समेत विपन्नहरुका लागि निःशुल्क स्वास्थ्य वीमा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

मेयरसँग ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत नगर भित्रका नीजि तथा सामुदायिक अस्पतालहरुसँग समन्वय गरी १० वटै वडाहरुमा दाँत, आँखा, हाडजोर्नी तथा नशा रोग लगायत अन्य विविध बिषय सम्वन्धी निःशुल्क बिशेषज्ञ घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।

नगर भित्रका सम्पूर्ण महिलाहरुलाई सुरक्षित सुत्केरी हुन पाउने अधिकारलाई स्थापित गर्न उनीहरुलाई विर्तामोड न.पा. भित्रका आमा सुरक्षा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थासम्म पु¥याउन पहल गरी शभचय ज्यmभ म्भष्खिभचथ सेवा प्रदान गरिनेछ ।

साथै मेयरसंग जेष्ठ नागरिक कार्यक्रम अन्तरगत नगर भरीका वडाहरुमा रहेका ६० वर्ष माथिका नागरिकलाई स्वास्थ्यकर्मीद्वारा घर घरमा गई ग्लुकुमिटर र वि. पि. सेटको माध्यमबाट सुगर र प्रेसर जाँचको निःशुल्क अभियान संचालन गरिनेछ । यसका लागि उपमेयरसँग गर्भवती महिलाहरु

कार्यक्रम अन्तरगत नगरका सबै गर्भवती महिलाहरुलाई ल्याब परीक्षण (ब्ल्ऋ प्याकेज ) र २ पटकसम्मको ग्क्न् सेवा निःशुल्क गरिनुका साथै चार पटक सुत्केरी जाँच गराइएका गर्भवतीलाई सुचीकृत स्वास्थ्य संस्थासम्म सुत्केरी गराउनको लागि एम्बुलेन्स सेवा विर्तामोड भरी र भद्रपुरसम्मको लागि निःशुल्क गराउने व्यवस्था गरिएको छ ।

५ बर्ष मूनिका कुपोषित बालवालिकाहरुको छनौट गरी पोषण स्तर अभिबृद्धि गर्न इत्ऋ केन्द्र मार्फत पोषण लिटो बितरण गरिनेछ । पुर्ण खोप सुनिश्चित कार्यक्रमको दिगोपनालाई मध्यनजर गर्दै जन्मेदेखि १५ महिनासम्मका बालवालिकाहरुको लाईन लिस्टिङ्ग गर्नुका साथै १६ देखि २३ महिना सम्मका खोपबाट छुट बालवालिकाहरु समेतको पहिचान गरी खोप लगाइनेछ । साथै सुरक्षित खोप केन्द्र तथा गाउँघर क्लिनिकको भवन निर्माणलाई निरन्तरता दिइनेछ ।

यस न.पा. भित्रका सरकारी तथा नीजि स्वास्थ्य संस्थाहरु सहज ढंगले संचालन गर्ने उचित वातावरण बनाई सुरक्षा र संम्बद्र्धन गरी संस्थाहरुको स्तरोन्नत्ती गरिदै बिर्तामोड नगरपालिकालाई हेल्थ हव (ज्भबतिज ज्यद्य) को रुपमा विकास गरिनेछ ।

कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनका लागि मेची आँखा अस्पताल र कञ्चजंघा हेल्थ इस्टिच्युटमा २ वटा क्वारेन्टिन स्थापना गरी भारत तथा तेस्रो मुलुकबाट आउने व्यक्तिहरुलाई उक्त क्वारेन्टिनमा राख्ने, निःशुल्क औषधी तथा खानपिनको व्यवस्थापन मिलाइएको छ । आगामी आ. व. मा विदेशबाट आउने व्यक्तिहरुको संख्यालाई ध्यानमा राख्दै सबै वडामा क्वारेन्टिन स्थल स्थापना गर्ने व्यवस्था मिलाइएको छ ।

स्वास्थ्य केन्द्र, बैंक तथा वित्तिय संस्था लगायत सार्वजनिक तथा सरकारी भवन तथा स्थलहरुमा पुर्ण सरसफाई गर्ने, स्यानिटाईज्ड गर्ने तथा सामाजिक÷भौतिक दुरी कायम गर्ने गरी प्रवन्ध मिलाइनेछ ।

नगरवासीको स्वास्थ्य उपचार तथा कोभिड–१९ को जोखिममा भएका व्यक्तिहरुलाई अस्पतालसम्म जान आउन २ वटा एम्बुलेन्सलाई २४ सै घण्टा परिचालन गरिएको छ ।

स्वास्थ्यकर्मीहरुलाई ट्रयाकिङ्ग एण्ड टे«सिङ्ग, फेभर सेन्टर संचालन तथा क्वारेन्टीनहरुमा स्वास्थ्य सुविधा उपलब्ध गराउन परिचालित गरिएको छ र अझ व्यवस्थित ढंगले संचालन गरिनेछ ।

क्वारेन्टीनमा रहेका व्यक्तिहरुको पि. सि. आर. परीक्षण गर्ने व्यवस्थालाई सहज र शिघ्र बनाउँदै लगिनेछ । साथै यसलाई अन्य क्षेत्रमा समेत परीक्षण विस्तार गरिनेछ ।

घ) सूचना तथा संचार क्षेत्रको प्रवर्धन

विर्तामोड नगरपालिकाले विना भेदभाव समानुपातिक र सन्तुलित रुपमा संचार क्षेत्रको प्रवद्र्धन र विकास गर्न चालु आ. व. बाट प्रारम्भ गरिएका सबै कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।

नगरबाट प्रकाशन, प्रशारण हुने पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनहरुको विकास र प्रवर्धनका लागि बार्षिकरुपमा लोककल्याणकारी बिज्ञापन बापत अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

नगरमा सूचिकृत र दर्ता भई यसै नगरमा संचालन, प्रकाशन, प्रशारण भएका मिडियाहरुको उन्नतीका लागि टेलिभिजन, दैनिक पत्रिका, साप्ताहिक पत्रिका, एफएम, अनलाइनहरुलाई सो रकम प्रदान गरिनेछ । नगरबाट संचालित संचार माध्यम र संचारकर्मीहरुलाई पुरस्कृत र सम्मानित गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

पत्रकारहरुको बृत्ति विकास, तालिम प्रदान गर्न र पत्रकारका संघ संगठनहरुको भौतिक तथा पूर्वाधार विकासका लागि सहयोग गरिनेछ । नगर क्षेत्रमा रहेका संचार माध्यमहरुलाई समानुपातिक तथा सन्तुलित रुपमा आवश्यक सूचनाहरु उपलब्ध गराउदै नगरलाई सूचना मैत्री नगरपालिकाको रुपमा परिचित गराईनेछ ।

ङ) उद्योग, वाणिज्य सम्बन्धी नीति 

विर्तामोड क्षेत्रलाई व्यापारिक केन्द्रको रुपमा विकास गर्न, व्यवसायमैत्री वातावरण निर्माण गरी सो क्षेत्रको विकासका लागि अल्पकालिन तथा दिर्घकालिन योजना तयार गरिनेछ ।

विर्तामोडमा अन्तराष्ट्रियस्तरको औद्योगिक तथा व्यापारिक मेला, प्रदर्शनी तथा सभा सम्मेलनको लागि निजी, सार्वजनिक र सरकारी निकायहरु विच समन्वय र सहकार्य गर्दै आवश्यक पर्ने जग्गाको व्यवस्थापन गर्न आवश्यक पहल कदमी लिईनेछ ।
बिर्तामोड उद्योग बाणिज्य संघलाई बिगतका वर्षमा झैं भवन निर्माण, पुर्ननिर्माण र रंगरोकनका लागि सहयोग गरिनेछ ।
विर्तामोड नगर क्षेत्र भित्र औद्योगिक प्रशोधन केन्द्र स्थापना गर्नका लागि उद्योग वाणिज्य महासंघसंग सम्झौता भईसकेकोले आगामी

आ.  व बाट नै उक्त प्रशोधन केन्द्र स्थापनाको कार्य प्रारम्भ गरिनेछ ।

हालको विषम परिस्थितिमा नगर भित्रका सबै उद्योगी, व्यवसायीहरुमा परेको असरलाई नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने तथा कर÷राजश्वको दायरा भित्र नपरेका÷नआएका व्यवसायी÷उद्योगीहरुलाई उचित सम्वोधन गर्दै उद्योग वाणिज्य संघ, च्याम्बर अफ कर्मश तथा अन्य वस्तुगत संघ संगठनहरुको समन्वय र सुझावका आधारमा आवश्यक राजश्व संकलन गर्ने नीति तय गरी लागु गरिनेछ । यस अन्तरगत पहिलो चरणमा ब्यवसाय दर्ता नबीकरण नगरेका पुराना ब्यवसायीहरुलाई ०७४ साल असारसम्मको नबीकरण दस्तुर छुट दिइनेछ । यसको समयाबधी ०७७ पुस मसान्तसम्मको रहनेछ । यस अभियानमा समाबेश हुन नगरपालिका सबै ब्यबसायीहरुलाई बिशेष अनुरोध गर्दछ ।

नगरको वडा नं.–२ को दक्षिणी क्षेत्रलाई उद्योगको हब बनाउदै लैजाने नीति अनुसार उक्त क्षेत्रको भौतिक पूर्वाधार विकासमा आवश्यक सहयोग गरिनेछ । नगरभित्र फुटपाथ ब्यवस्थापन र पार्किङ्गका लागि पहल गरिनेछ । जसमा नगर प्रहरी परिचालन गरिनेछ ।

बिर्तामोडको मुख्य ब्यापारिक केन्द्र मुक्ति चौक पूर्व, पश्चिम, उत्तर, दक्षिण, चारपाने चौक, गरामनी चौकको सौन्दर्य बृद्धिका लागि कार्य गरिनेछ ।

नगर भित्रका उद्योगी ब्यवसायीहरुका संस्था नगरमा दर्ता गराई ब्यबसायीहरुको डिजिटल तथ्यांक संकलन गरी प्रोफाइल निर्माण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

बिर्तामोड, गरामनी, सैनिक, चारपाने लगायतका हाट बजारलाई ब्यबस्थित बनाई कृषकले उत्पादन गरेका बस्तुहरुको बिक्रीस्थलका निर्माण गर्न पहल गरिनेछ ।

च) पर्यटन विकास सम्बन्धी नीति

पर्यटन क्षेत्रको प्रवर्धन र विकासका लागि यस नगरमा रहेका ऐतिहासिक पोखरीहरुको संरक्षणको नीतिलाई निरन्तरता दिइनेछ ।
पोखरीको पौराणिकता र ऐतिहासिक महत्व झल्काउँदै पोखरी टु पोखरी अभियान चलाइनेछ । नगर क्षेत्रका मठ मन्दिरहरुको जिर्णोद्धर, सुधार र सम्हारका लागि कार्यहरु गरिनेछ ।

नगर क्षेत्रमा रहेका पर्यटकीय स्थल, बन क्षेत्रको सम्बर्धनका निम्ति समुदायमाझ जागरण अभियान संचालन गरी ती क्षेत्रको भौतिक विकासका योगदान गरिनेछ । नगर क्षेत्रका धार्मिक स्थलहरुको संरक्षण तथा व्यवस्थापन गर्दै धार्मिक पर्यटन विकास गरिनेछ ।

नगर क्षेत्र भित्र रहेका सामुदायिक वनहरु (सामुदायिक वन चारपाने, सुन्दर निचाझोडा गरामनी, हरियाली सामुदायिक वन, बुट्टावारी) लगायतका सिमसार क्षेत्र र ऐतिहासिक पोखरीहरु (विराटपोखर पोखरी, बाह«दशी पोखरी, सर्दु पोखरी, मदु पोखरी, तेलगानी पोखरी, बाह«दशी रोजी पोखरी) को संरक्षण र सम्बद्र्धन गरी पर्यटकीय स्थलको रुपमा विकास गर्दै लगिनेछ ।

यस नगर भित्र रहेका शहिद नेत्र पार्कको गुरुयोजना अनुसार आवश्यक निर्माण तथा प्रवद्र्धनका लागि संघ तथा प्रदेशसंग आवश्यक पहल कदमी गरिनेछ ।

छ) सहकारी क्षेत्रको विकास 

नेपालको संविधान २०७२ ले सहकारी क्षेत्रलाई ३ खम्बे अर्थनीतिको मुल खम्वाको रुपमा व्यवस्था गरेको हुँदा यस नगरपालिकाको योजना तर्जुमा प्रक्रियामा सहकारीहरुको सहभागितालाई सुनिश्चितता गरिनेछ ।

विर्तामोड नगरपालिका र विर्तामोड नगर क्षेत्र भित्रका सहकारीहरु समेतको संयुक्त योगदानमा युवा स्वरोजगार कोष स्थापना गरी वैदेशिक रोजगारबाट फर्केका तथा नगर भित्रका वेरोजगार युवाहरुलाई आवश्यक ऋण, अनुदान, प्रविधि तथा क्षमता विकासका कार्यक्रमहरु मार्फत उद्यमी बनाइनेछ ।

नगरपालिका र सहारा नेपालको साझेदारीमा उद्यम विकास कोष गठन गरिनेछ । उक्त कोषमा नगरपालिकाको तर्फबाट रु. १ करोड र सहारा नेपालको तर्फबाट १ करोड गरी जम्मा २ करोडको पूंजीबाट उक्त कोष संचालनको शुरुवात गरिनेछ ।

नागरिकलाई व्यवसायिक बनाउन स्वरोजगारमुलक तालिमहरु मार्फत व्यवसाय संचालन गर्न आवश्यक पूँजी सहकारी मार्फत उपलब्ध गराउन सहकार्य गरिनेछ । उत्पादन तथा उत्पादकत्व वृद्धि गरी कृषि र पशुपालन व्यवसायलाई मर्यादित र व्यवसायिक बनाउन सामुहिक उत्पादन, बजारीकरणका लागि नगर क्षेत्र भित्र रहेका सहकारीहरुसँग कार्ययोजना बनाई अगाडी बढिनेछ ।

सहकारी मार्फत निरन्तर तालिम संचालन गरी नागरिकहरुमा वित्तीय साक्षरता, उद्घोषण कला, नेतृत्व विकास, व्यवसायिक ज्ञान, सिप हस्तान्तरण र सहकारी संस्थालाई आवश्यक प्राविधिक र व्यवस्थापकीय तालिम उपलब्ध गराइनेछ ।

नगर भित्र रहेका निष्क्रिय सहकारीलाई सक्रिय बनाउँदै सहकारीबाट कर्जा लिई कर्जा नबुझाउने त्यस्ता खराब ऋणीको नाम कालो सुचीमा राखी कडाईकासाथ असुलउपर गरिनेछ ।

ज) न्याय तर्फ

न्यायीक समितिले प्रचलित कानुन बमोजिम उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने विधी तथा प्रक्रियालाई स्पष्टता, एकरुपता र पारदर्शिता कायम गर्न कानुनी शासन तथा न्यायप्रतिको जनविश्वास कायम राख्न प्रचलित संघीय कानुनको अवलम्बन गर्दै न्यायीक समितिको कार्य प्रक्रियालाई व्यवस्थित बनाउन न्यायीक समिति कार्यविधी २०७४ लाई पुर्णतः कार्यान्वयन गरिनेछ ।

न्यायीक समितिको कार्यविधी अनुसार हरेक वडामा रहेका मेलमिलाप केन्द्रहरुलाई सक्रिय बनाउन आवश्यक प्रबन्ध मिलाई नगरवासीहरुमा न्यायको प्रत्याभुती दिलाइनेछ ।
वडा मेलमिलाप केन्द्रका सदस्यहरुलाई कार्यचापको आधारमा उचित प्रोत्साहन गरिनेछ ।

झ) पारदर्शिता, सुशासनः भ्रष्टाचार मुक्त प्रशासन 

नगरपालिकाका खरिद प्रकृयालाई पारदर्शी र प्रतिस्पर्धी बनाई भ्रष्टाचार सुन्य सहनशीलताको मुलमन्त्रलाई अंगिकार गरी नगरपालिकाकालाई वढी जनमुखी, सेवामुखी, जनउत्तरदायी, पारदर्शी तथा सुशासनयुक्त रुपमा संचालन गर्नका लागि प्रतिबद्ध रहनेछ । ।

नगरपालिकाबाट दिइने सबै खाले सेवा सुबिधालाई डिजिटलाइज्ड र अनलाइन मार्फत गर्ने प्रवन्ध मिलाइने छ ।
नगरका सबै आर्थिक क्रियाकलापहरुलाई पारदर्शी, जवाफदेही र मितव्ययी बनाईनेछ । योजना तथा कार्यक्रमहरुको प्रभावकारी अनुगमन तथा मुल्यांकन गर्न आवश्यक प्रवन्ध मिलाईनेछ ।

नगरपालिकाबाट भएका सबै क्रियाकलापहरुलाई हरेक चौमासिकमा सार्वजनिक गरिनेछ ।
नगरपालिकामा कार्यरत सबै राष्ट्रसेवक कर्मचारीहरुको मनोवल उच्च राख्न तथा कर्मचारीहरुलाई उत्प्रेरित गर्न कार्यसम्पादन मुल्यांकनका आधारमा पुरस्कृत तथा दण्ड गरिनेछ ।

ञ) पुर्वाधार तथा शहरी विकासतर्फ 

सहरी शासकीय क्षमता र पूर्वाधार सुधार आयोजना (विश्व बैंक) को आर्थिक सहयोगमा तीन बटा सडक (बुट्टाबारी हुँदै प्याकुरेल चोक जोड्ने सडक, सैनिकमोडबाट सैनिक बजार, गोकुल जोशी मार्ग) निर्माण सम्बन्धी आयोजना आगामी आ. व. बाट कार्यान्वयनमा लैजान सम्बन्धित सरोकारवालाहरुसँग आवश्यक पहलकदमी गरिनेछ ।

सघन सहरी तथा भवन निर्माण आयोजना मार्फत तीनबटा सडक निर्माणको आयोजना (खालबारीबाट शुक्रराज निमाबि हुदै सेन्ट जेभियर्स स्कुलबाट केरकेरुबारी हुँदै गरामनी बजार भुसाबाडी जोड्ने सडक, राम चौकबाट कुमालबाडी हुदै सैनिकमोड जोड्ने सडक, पुरानो भद्रपुर रोडबाट हुलाकी मार्ग) आगामी आ. व. बाट नै कार्यान्वयन गर्ने व्यवस्था मिलाईनेछ ।

नगर क्षेत्र भित्रका सडकहरुको स्तरोन्नती तथा नियमित मर्मत सम्भार गर्नका लागि हेभी इक्वीपमेन्टको प्रभाबकारी परिचालन गर्न सम्बन्धित समितिलाई पुर्नगठन गरी थप क्रियाशिल गराइनेछ ।

नेपाल विद्युत प्रधिकरणसँग समन्वय गरी नगर क्षेत्र भित्र रहेका अव्यवस्थित तार, पोल हटाउने कार्यलाई निरन्तरता दिईदै लगिनेछ ।
नगर क्षेत्र भित्रका महत्वपूर्ण सडकहरुको विस्तृत आयोजना प्रतिवेदन ९म्एच्० तयार गर्ने कार्यलाई निरन्तरता दिइनेछ । नगरको नगर यातायात गुरुयोजना ९ःत्ःए० तयार गर्ने कार्य अगाडि बढाइनेछ ।

भुकम्पीय जोखिम न्यूनीकरण गर्न नगर क्षेत्र भित्र बन्ने नयाँ संरचनामा नेपाल सरकारले निधार्रण गरे अनुसारको राष्ट्रिय भवनसंहिता ९द्यगष्मिष्लन अयमभ० तथा “बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२” बमोजिम मात्र घर नक्सा पास गरिने छ ।

चालु आबमा आरम्भ गरिएका बहुबर्षिय योजनाहरुलाई आगामी बर्षमा सम्पन्न गरिनेछ । साथै समपुरक अनुदान तथा उपभोक्ताको लागत साझेदारीमा थप नगर गौरवका आयोजनाहरु संचालन गरिनेछ ।

महेन्द्ररत्न माध्यमिक विद्यालयको जग्गामा मदन भण्डारी स्पोर्टिङ्ग रंगशाला निर्माण गर्न र वडा नं.–६ मा रहेको खेल मैदान निर्माणका लागि संघ तथा प्रदेशसंग आवश्यक सहकार्यमा कार्य गरिनेछ ।

नगरको महत्वपुर्ण सडकहरुमा ढल निर्माणका लागि ढल निर्माण सम्बन्धी गुरुयोजना तयार गरी क्रमशः कार्यान्वयन गरिनेछ ।
सबै नगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन खानेपानीको पाईप विस्तार तथा थप पानी ट्यांकी निर्माणका लागि सम्बन्धित निकायहरुमा आवश्यक पहल गरिनेछ ।

जग्गा प्लानिङ्ग गरी विक्री गर्ने प्रयोजनका लागि बाझो जमिन राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै नगर भित्रका खेतीयोग्य जमिन बाझो नराख्ने नीतिलाई कार्यान्वयन गरिनेछ ।

मापदण्ड विपरित र नक्सा पास नगराई बनाइएका संरचनाहरु नगरको सडक तथा ढल बनाउँदा क्षति हुन गएमा घरधनीले नै व्यहोर्नु पर्ने नीतिलाई अगाडि बढाइनेछ ।

विद्युतिकरण, खानेपानी विस्तार, टेलिफोन लाईन विस्तार तथा सडक निर्माण गर्दा सम्बन्धित यी क्षेत्रहरुका निकायहरुसँग प्रभावकारी समन्वय गरेर मात्र निर्माण कार्य अगाडि बढाइनेछ ।

सहारा नेपालको साझेदारीमा २ वटा जेष्ठ नागरिक चौतारी निर्माण गरिनेछ ।

ट) राजश्व प्रशासन तर्फ 

नगरपालिकाबाट उठाइने सम्पति कर, मालपोत वा भूमिकर, व्यवसाय कर, नक्सा पास दस्तुर लगायत सम्पूर्ण कर, दस्तुर, शुल्क तथा राजश्वको दरमा साविक बमोजिक रहने गरी कुनै फेरवदल नगर्ने नीति रहेको छ ।

नगरपालिका क्षेत्र भित्र सबै भन्दा वढी सम्पति कर तथा व्यवसाय कर तिर्ने करदाता २ जनालाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरिनेछ । व्यवसाय दर्ता तथा नवीकरण कार्यलाई उद्योग वाणिज्य संघ र च्याम्बर अफ कमर्शसँगको समन्वयमा यसलाई अभियानको रुपमा संचालन गरिनेछ ।

नगरको राजश्व अभिवृद्धि गर्न घरबहाल करलाई व्यवस्थित र प्रभावकारी ढंगबाट अगाडि बढाइनेछ । यसरी घरबहाल कर संकलन गर्दा नगरलाई व्यवसायिक क्षेत्र, आवासीय क्षेत्र र ग्रामीण कृषि क्षेत्रजस्ता क्लष्टरहरुमा विभाजन गरी घरबहालको मुल्यांकन गरिनेछ ।

घरबहाल कर जुन वडाबाट संकलन गरिने छ सोको छुट्टै अभिलेख राखी सम्बन्धित वडालाई घरबहाल करबाट प्राप्त हुने रकम प्राथमिकताका साथ विनियोजन गरिनेछ ।

ठ) लक्षित वर्ग तथा समुदायसंग सम्बन्धी नीति 

चालु आ. व. बाट शुरु गरिएको “विपन्नलाई आवास” कार्यक्रमलाई निरन्तरता दिदैं आगामी आ. व. मा समेत सहारा नेपालको सहकार्यमा विपन्नहरुको लागि १०० वटा घर निर्माण गरिनेछ ।

अव्यवस्थित रुपमा रहेको बसोबासलाई निश्चित क्षेत्रमा घर बनाई व्यवस्थापन गर्ने कार्यको प्रारम्भ गरिनेछ ।
निम्न वर्गका कृषकहरुको घरमा अनुदानमा आधारित गोवरग्यास निर्माण गर्ने अभियानलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।

“जहाँ पर्छ अभर, त्यहाँ विर्तामोड नगर” भन्ने नारालाई सार्थकता दिन विपन्न, दलित, आदिवासी, जनजाति, मधेशी, अल्पसंख्यक, अपाङ्ग, अशक्त, महिला तथा बालबालिकाहरुलाई नगरबाट उपलब्ध गराउने सबै किसिमको सेवा सुविधाहरुमा प्राथमिकताका साथ सहभागी गराइनेछ ।

अति विपन्न, अशक्त, असहाय, दिर्घरोगीहरुलाई स्वास्थ्य उपचारका लागि एक स्वास्थ्य सहायता कोष स्थापना गरिनेछ । उक्त कोष संचालनका लागि आवश्यक कार्यविधि बनाई सहायता प्रदान गरिनेछ ।

महिला तथा बालबालिका र लक्षित वर्गको सशक्तिकरणको लागि सचेतना कार्यक्रमहरु संचालन गरिनेछ ।
सबै वडाहरुमा गठन भएका टोल विकास संस्थाहरु परिचालिन गरी सामाजिक विकृति र कुरिती उन्मुलन गर्ने अभियान संचालन गरिनेछ । साथै फोहोरमैला व्यवस्थापन, राजश्व संकलन र परिचालन र योजना तर्जुमा कार्यान्वयनमा टोल विकास संस्थाहरुसँग सहकार्य गरिनेछ ।

ड) पशुपंक्षी बिकास

“उपभोक्ताको हित संरक्षण, स्वास्थ्य पशुजन्य उत्पादन र बितरण”

पशु विकास तर्फ बजेट तथा कार्यक्रमलाई सन्तुलित रुपमा कार्यान्वयनमा ल्याउनका लागि बिर्तामोड नगरपालिका क्षेत्र भित्रका साना कृषक तथा ब्यवसायीहरुलाई लक्षित गर्दे यस बर्षको पशु विकास नीति प्रस्तुत गरिएको छ ।

ब्रोइलर कुखुराको मासुमा नगर आत्मनिर्भर भईसकेको, माछा र लोकल कुखुराको मासुमा आत्मनिर्भर उन्मुख भएको र खसी तथा राँगाको मासु माग भन्दा धेरै न्यून उत्पादन भइरहेको अवस्थालाई मध्यनजर गर्दे यो नीति तथा कार्यक्रमको तर्जुमा गरिएको छ । यसैगरी दुध उत्पादनमा आत्मनिर्भर रहेको अवस्थामा हाल दुध उत्पादन घट्ने क्रममा रहेको हुँदा दुध उत्पादन बृद्धि गर्ने नीति अगाडि सारिएको छ ।

गाई, भैंसी, बाख्रा, र बंगुरमा कृतिम गर्भाधान गर्ने कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी ढंगबाट संचालन गरिनेछ ।
गाईमा सेक्स सिमेनको प्रयोगवाट कृतिम गर्भाधान गरी उन्नत नश्लका बाछीहरुको उत्पादन गरिनेछ ।
नगर क्षेत्र भित्रको मासु पसललाई मापदण्ड भित्र मासु पसल सुधार गर्ने कार्यक्रम संचालन गरिनेछ ।

कार्यालय, स्कुल तथा सपिङ्ग कम्ल्पेक्स छेउछाउ मिल्क पार्लर संचालनमा ल्याइने छ ।
नगरक्षेत्रभित्र रहेका मेयर पकेट कार्यक्रमवाट उत्पादित खसी, बंगुर र कुखुराको मासुका लागि छुट्टै फ्रेस हाउस सञ्चालनमा ल्याइने छ ।
मेयर पकेट बाख्रा साटासाट कार्यक्रममा संलग्न कृषकहरु तथा व्यवसायिक कृषकहरुलाई स्थानीय स्तरमा दाना तथा मिनरल ब्लक बनाउने कार्यक्रम शुरु गरिने छ ।

पशुधनको वीमा कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिइने छ ।
पशुधन वीमा कार्यक्रम अन्तरगत कृषकले तिर्ने वीमा शुल्कमा २५% अनुदान दिने व्यवस्था मिलाईनेछ ।

द्यबिअप ब्गकतचबयिउ (व्ल्याक अष्ट्रोलेप) र ल्भध ज्बmउकजष्चभ (न्यू हेम्सायर) जातका कुखुराको अन्डाहरुबाट ह्याचिङ्ग मेसिन द्धारा चल्ला उत्पादन नगरभित्रै गरिनेछ ।

कार्यालयमा आउने पशुपंछीको आकस्मिक उपचार सेवा, बाह्य तथा आन्तरिक परजीवि विरुद्धको औषधी, पशु बन्ध्याकरण, गोवर परीक्षण, दुग्ध परीक्षण, रगत परीक्षण, बाझोपनी सम्बन्धी उपचार सेवा निःशुल्क प्रदान गरिने व्यवस्था मिलाईनेछ ।

गत बर्ष झैं प्रदेश तथा केन्द्रीय सरकारी निकायहरुसँग समन्वय गरी महामारीजन्य रोगहरुको लागि पशु खोपको ब्यवस्था गरिने छ ।
विभिन्न प्रकारका सरुवा रोगहरुको नमुना संकलन, सर्विलेन्स नमुना सम्प्रेषण सम्बन्धित निकायमा गरिनेछ ।

हरेक व्यक्ति कुनै पनि माध्यमबाट पशुको सम्पर्कमा हुने भएकोले जनप्रतिनिधिहरु, स्कूलका शिक्षक तथा विद्यार्थीहरु, कृषकहरु, व्यवसायीहरु लगायत आम उपभोक्ताहरुलाई जैविक सुरक्षा, जुनोटिक रोगहरु, पशु बीमा तथा स्वास्थ्य उत्पादन सेवन सम्बन्धी तालिमको व्यवस्था गरिएको छ ।

मेयर पकेट कार्यक्रमबाट साटासाट भएर आउने बाख्राहरु अर्को पकेट क्षेत्रमा वितरण गरिनेछ ।
पशुपालन गर्न प्रोत्साहित गर्न हिउदे, वर्षे घाँस र डाले घाँसका विरुवाहरु वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
पशुपंक्षीहरुमा महामारीजन्य रोगहरु विरुद्ध खोप दिइएकोमा यो वर्ष पनि रेबिज, खोरेत, रानीखेत, पी. पी. आर. र स्वाईन फिवर रोग विरुद्ध खोपहरु उपलब्ध गराईने छ ।

सहारा नेपालको साझेदारीमा पशु विकास तथा प्रवद्र्धन विभिन्न क्रियाकलापहरु संचालन गरिनेछ ।
पशुपंक्षीको तथ्यांक संकलन, औषधी पसल, पशुजन्य व्यवसाय तथा फार्महरुको मापदण्ड अनुसार दर्ता तथा नबीकरणलाई प्रभाबकारी बनाइने छ ।

प्रदेश तथा केन्द्रियस्तरका सरकारी निकायहरुसँग समन्वय गरी दुग्ध चिस्यान केन्द्रहरु संचालन गर्नका लागि पहल गरिनेछ ।
मत्स्य पालन व्यवसायलाई प्रभावकारी र व्यवसायमुखी बनाउन मत्स्य पालन तालिमको व्यवस्था गरिनेछ ।

ढ) बिबिध 

बढ्दो ध्वनी प्रदुषण कम गर्नका लागि नगर क्षेत्रमा माइकिङ्ग मार्फत बिज्ञापन र सूचना प्रशारण गर्न पाइने छैन । साथै, कुनै पनि सामाजिक, धार्मिक तथा साँस्कृतिक लगायतका कार्यक्रम संचालन गर्दा बाहिर ठूलो ध्वनी जाने गरी प्रशारण गर्न पाइने छैन । त्यस्ता कार्यक्रम गर्दा राति ९ बजेभन्दा पछि संचालन गर्न पाइने छैन ।

नगर क्षेत्रका मुख्य सडकहरु आफु खुशी स्वागतद्धार र बोर्डहरु राख्न रोक लगाइएको छ । सोका लागि नगर पालिकाको अनिवार्य स्वीकृति लिनु पर्नेछ । यसैगरी सडक क्षेत्रमा कुनै पनि कार्यक्रम गर्दा नगरपालिकाको स्वीकृति लिएर मात्र कार्यक्रम संचालन गर्नु पर्नेछ ।

नगर क्षेत्रमा रहेका बिभिन्न भाषा, भाषी, संस्कृति, कला , साहित्य र परम्परागत शिपको संरक्षणका लागि एक कार्यदल बनाई अध्ययन गरिने छ । सो प्रतिबेदन प्राप्त भएपछि सोका आधारमा उनीहरुको भाषा संरक्षणका लागि शैक्षिक अभियान संचालन गरिनेछ । साथै, यस बर्ष बिर्तामोड प्रज्ञा प्रतिष्ठान गठन गरिनेछ । सो प्रतिष्ठान गठन भएपछि बिर्तामोडको इतिहासको खोजी गरी बिर्तामोडका पहिला नामक किताब प्रकाशन गरिनेछ ।

यस बर्ष नगरको गीत बनाइएको छ । जसलाई यहाँ रहेका सम्पूर्ण बिद्यालय र सार्वजनिक कार्यक्रममा अनिवार्य बजाउनु पर्ने ब्यवस्था गरिनेछ ।

नगर क्षेत्रमा कार्यरत श्रमिकहरुको हितका लागि श्रमिक संचालन कार्यबिधि २०७५ निर्माण गरी लागू गरिएको छ । सो अन्तरगत श्रमिकहरुको ७ लाख बराबरको दुर्धटना बीमा गरिएको छ । श्रमिकहरुको रेकर्ड अद्याबधिक गरी बिभिन्न तालिम लगायतका कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

गरिव, बिपन्न महिला, आदिबासी, जनजाति, बिछडिएको बर्ग, दलित, अपांगहरुलाई आत्मनिर्भर र ब्यावसायिक बनाउन उद्यमसँग जोडिऔ भन्ने अभियान संचालन गरिनेछ ।

यसका लागि सहारा नेपाल लगायतका संघ संस्थाहरुसँग समन्बय गरेर उद्यमशीलता विकासका योजना संचालन गरिने छ । जसको माध्यमबाट उद्यमीहरुको पहिचानदेखि उनीहरुलाई सहयोग, आर्थिक लगानी, तालिम र उत्पादित बस्तुको बजारिकरणका लागि ठोस कार्य गरिनेछ । यसका लागि एउटा रिबल्बिङ्ग फण्ड बनाइनेछ ।

बौद्धिक अपाङ्ग, शारिरिकरुपमा अपाङ्ग भएकाहरुलाई पनि आत्मनिर्भर बन्न प्रेरित गर्ने र ससाना ब्यवसाय र उद्यमसँग जोड्ने योजना बनाइनेछ । त्यस्ता अपाङ्गहरुका परिबारलाई मनोसामाजिक परामर्श र सकारात्मक सोच सम्बन्धी तालिम प्रदान गरिनेछ । उनीहरुलाई समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम गरिनेछ ।

नगर क्षेत्र भित्र निर्माण हुने भौतिक संरचनालाई विपद् न्यूनीकरण गर्ने प्रकृतिका योजना तथा निर्माणलाई प्रोत्साहित गरिनेछ । आगलागी हुन नदिन तथा भई हालेमा छिटो नियन्त्रण गर्ने कार्य गर्न चालु हालतमा रहेको दमकललाई आवश्यक उपकरण तथा जनशक्ति व्यवस्थापन गर्दै लगिनेछ । हरेक बर्ष अधिक वर्षाको कारण बाढीबाट हुने क्षती न्यूनीकरण गर्न सडक नालालाई व्यवस्थित गर्दै लगिनेछ ।

प्राकृतिक विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्न अदुवा खोला नियन्त्रण लगायत विपद् व्यवस्थापनका लागि आवश्यक कार्य गरिनेछ ।
नवीकरणीय उर्जालाई प्रवद्र्धन गर्न सौर्य उर्जा तथा वायो ग्यास जडान गर्ने कार्यलाई प्रोत्साहन गरिनेछ । वातावरण सरसफाई सम्बन्धी कार्यक्रम तथा निर्माण गर्ने कार्यलाई नियमित रुपमा संचालन गरिनेछ ।

नगरपालिका भित्र रहेका सबै घरधुरी, सार्वजनिक क्षेत्र, सामाजिक संरचनाहरुको डिजिटल डाटा संकलन गरी डिजिटल नगर प्रोफाईल तयार गर्ने कार्य सुरु भईसकेको साथै हाउस होल्ड ट्रयाकिङ्गबाट सबै घरहरुको नम्वरिङ्ग गर्ने कार्य सम्पन्न गरिनेछ ।

सहारा नेपालको साझेदारीमा लागु औषध दुव्र्यसन केन्द्र पुनस्थापना केन्द्र र अन्य संघ संस्थाहरुको सहयोगमा सेफ हाउस निर्माण गरिनेछ । सो सेफ हाउसमा हिंसामा परेका महिला तथा बालबालिकाहरुलाई न्याय प्राप्त गर्नबाट बन्चित अवधिसम्मका लागि राख्ने ब्यवस्था मिलाइनेछ ।

कृषिथोक बजार स्थललाई नगरपालिकाको मातहतमा ल्याएर कृषि उपजको भरपर्दो र स्तरिय केन्द्रको रुपमा विकास गर्ने नगरको योजना छ । यसका लागि अधिकतम् प्रयास भइरहेको छ ।

नगरपालिकाको सर्वाङ्गिण विकासको लागि आवधिक विकास योजनाको दस्तावेज तयार गरी कार्यान्वयनमा ल्याईनेछ ।
नगर क्षेत्र भित्र रहेको सामुदायिक वन, खोला तथा सार्वजनिक स्थलहरुको तथ्याङ्ग संकलन गरी नगरको क्षेत्राधिकार भित्र ल्याईनेछ ।
कोइला तथा इटाभट्टाबाट भएको प्रदुषण न्यूनीकरण गर्न आवश्यक प्रवद्र्धन मिलाइनेछ ।

नगरपालिकाको सबै सार्वजनिक ऐलानी तथा पर्तीजग्गाहरु खोज गर्ने र ती जग्गाहरुको उचित संरक्षण र व्यवस्थापन गर्न आवश्यक प्रवन्ध गरिनेछ । सोको लागि सार्वजनिक जग्गा खोजी तथा व्यवस्थापन आयोग गठन गर्न आवश्यक कार्यविधि बनाईनेछ ।
विर्तामोड नगरपालिकाका वडा कार्यालयहरु तथा स्वास्थ्य केन्द्रहरु निर्माण गर्न दाताहरुबाट प्राप्त भएको जग्गाहरुमा उपयुक्त भवन, संरचनाहरु निर्माण गर्ने कार्यलाई अगाडि बढाइनेछ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनार्थ भएका विभिन्न संघर्ष, द्वन्द्व तथा आन्दोलनहरुमा घाईते भएका, द्वन्द्वपिडित तथा शहिदहरुका परिवारहरुको जीवनस्तर सुदृढ गर्न ती परिवारहरुलाई शिक्षा, स्वास्थ्य तथा रोजगारीको क्षेत्रमा प्राथमिकताका साथ समावेश गराईनेछ ।

चालु आ. व. मा पारित भएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उपभोक्ता समिति, राजनैतिक दल, उद्योगी व्यापारी तथा सबै नागरिकहरुको सकारात्मक सोच, सहयोग, समन्वय र सहकार्यबाट नगरको समृद्धिसँगै सुन्दर भविष्यको ढोका खुलेको छ । नगरवासीहरुको सहयोग र सद्भावको नगरपालिका सदैव अपेक्षा राख्दछ । आगामी आ. व. हरुमा पनि माथि उल्लेखित नीति तथा कार्यक्रमहरु सतप्रतिशत कार्यान्वयन हुनेमा हामी सबै आशावादी छौं ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )