झापामा पुष्पलाल मित्रता केन्द्रको पहिलो कार्यक्रम

झापामा पुष्पलाल मित्रता केन्द्रको पहिलो कार्यक्रम

बिर्तामोड । पुष्पलाल मित्रता केन्द्र झापाको आयोजनामा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाइएको छ ।

सो केन्द्रले पहिलो कार्यक्रमको रुपमा बिर्तामोडमा विचार गोष्ठीको आयोजना गरी दिवसमा मनाएको हो । कार्यक्रममा वक्ताहरुले उनको योगदानको स्मरण गरेका थिए । केन्द्रका संयोजक मणि भण्डारीको अध्यक्षता तथा नेकपा प्रदेश कमिटी सदस्य पुष्प पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा अधिकांश वक्ताहरुले नेकपाको केन्द्रमा देखिएको पदीय लोलुपता र अस्थिरता विरुद्ध खुलेर आलोचना गरेका थिए । टुक्राटुक्रामा विभक्त कम्युनिष्ट पार्टीहरुलाई एकताको सूत्रमा बाँध्ने प्रयासलाई सार्थकता दिनुपर्नेमा केन्द्रीय नेतृत्वले आम कार्यकर्ताको भावना विपरित काम गरिरहेको उनीहरुको टिप्पणी छ ।

लामो प्रयासबाट एकीकृत हुँदै गरेको पार्टीलाई थप मजबुत बनाउनु र पार्टी जोगाउनुको विकल्प नरहेको उनीहरुको जोड थियो । वक्ताहरुले गैर राजनीतिक क्रियाकलापका विरुद्ध सबै पार्टी कार्यकर्ताहरु एकजुट हुनुपर्ने उनीहरुको भनाइ छ ।

नेकपा जिल्ला कमिटी सदस्य तथा प्रचार विभाग उपप्रमुख सन्तोष आचार्यले कार्यक्रमको सञ्चालन गरेका थिए । पुष्पलाल मित्रता केन्द्रका झापासहित ३५ जिल्लामा शाखा विस्तार गरिएको छ भने पाँचवटा प्रदेश कमिटी बनाइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )