सहारा नेपालको खामबन्दी दरभाउ आब्हन सम्बन्धी सूचना

दरभाउ पेश गर्नु हुन आब्हान 

यस संस्थामा कार्यरत लगभग ५०० कर्मचारीको लागि २ जोरका दरले निम्न अनुसारको रंग तथा गुणस्तरको पोषाक  (Dress) खरिद गर्नु पर्ने भएकोले इच्छुक बिक्रेता तथा सप्लायर्सलाई मितिः २०७७÷०५÷०५ गते भित्रमा निम्न अनुसारका कागजातहरु सहित आफुले दिन सक्ने रेट सहित खामबन्दी दरभाउ पेश गर्नु हुन आब्हन गरिन्छ ।

१) कोट तथा पेइन्टको कपडा Dark blue
२) सर्टको कपडा Light sea Green
३) साडी
अन्य शर्तहरु :
१) दरभाउ पेश गर्दा प्रति पिस सर्ट पाइन्ट, कोट तथा साडीको अलग–अलग पेश गर्नु पर्नेछ ।
२) कुन आइटम कति पिस खरिद गर्ने सोको रेकर्ड केन्द्रीय कार्यालयले उपलब्ध गराउने छ ।
३) सर्ट, पाइन्ट तथा कोटको अलग अलग पिस गरी आपुर्तिकर्ताले खरिदकर्तालाई दिनु पर्नेछ ।
४) पिस गरेको कपडा संस्थाको केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ ।
५) कपडा खरिद गर्नको लागि कुनै किसिमको पेश्की उपलब्ध गराईने छैन ।
६) तोकिएको गुणस्तरको कपडा नभएमा संस्था लिन बाध्य हुने छैन साथै आपुर्ति गर्ने कपडाको सेम्पल पिस यस संस्थालाई पहिले नै उपलब्ध गराउनु पर्नेछ ।
७) दुई वर्ष भन्दा अगाडी बनेको कपडा मान्य हुने छैन ।
आवश्यक कागजात :
१) दर्ताको प्रमाण पत्र ।
२) भ्याट दर्ता प्रमाण पत्रको पतिलिपी ।
३) करचुक्ता प्रमाण पत्रको प्रतिलिपी ।
४) दरभाउ पत्र ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड
केन्द्रीय कार्यालय, बिर्तामोड – २, चारपाने
फो.नं. ०२३–५४११९८

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )