संचारकर्मीहरुका लागि कोरोना बिमाको रकम प्रदान

संचारकर्मीहरुका लागि कोरोना बिमाको रकम प्रदान

बिर्तामोड । झापाको गौरिगन्ज गाउँपालिका निवासी पूर्व पत्रकार तथा अनेरास्ववियुका पूर्व केन्द्रिय सदस्य बिनोद रिसालले झापामा कार्यरत २० जना संचारकर्मीहरुका लागि कोरोना बिमाको रकम प्रदान गरेका छन् । उनले प्रेस संगठन नेपालका केन्द्रिय सदस्य तीर्थ सिग्देल मार्फत २० जनाका लागि चाहिने रकम प्रदान गरेका हुन् ।
यसरी संचारकर्मीहरुका लागि सहयोग गरेकामा प्रेस संगठन नेपाल झापाले रिसाललाई बिशेष धन्यबाद दिएको छ ।
यसअघि पनि रिसालले गौरिगन्ज गाउँपालिकामा १४ सय थान मास्क र स्वास्थ्य सामाग्री प्रदान गरेका थिए । रिसालले गाउँ पालिकालाई १४ सय थान मास्क र स्यानिटाइजर पठाएकोमा जुरोपानी गाबिस बडा नं २ का पूर्व बडा अध्यक्ष भूवनप्रसाद घिमिरे र समाजसेवी सुमन कार्कीले सो सामाग्री गाउँ पालिका अध्यक्ष बाबुराजा श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (1 )