बेलैमा सचेत हौं

बेलैमा सचेत हौं

सुदीप पन्त

अहिले भर्खरको रिसर्चबाट प्रमाणित भएको छ  । ७५ प्रतिशत भन्दा बढी कोभिड १९ बाट जोगिने उपाय भनेको अनिवार्य मास्क लगाउनु हो ।

सबैले मास्क अनिवार्य लगाउने ,एउटै कोठा भित्र मास्क लगाए पनि भिडभाड नगर्ने, भौतिक दुरी कायम गर्ने ,साबुन पानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने।

नाक मुख खुल्ला राखेर गर्नुपर्ने काम होस् या खाना खाने काम होस् सार्वजनिक ठाउँमा नखाने, नगर्ने, भिडभाडमा नजाने, नगर्ने, दुरी कायम गरेर पालै पालो किनमेल गर्ने । निश्चित दुरीमा बसेर यातायातको साधन प्रयोग गर्ने ।बाटोमा हिड्दा दुरी कायम गर्ने र त्यो बेला मास्क कुनै हालतमा नखोल्ने।

सामाजिक सस्थाहरु एवम् सरकारमा रहेका नरहेका सबै राजनैतिक दलहरुले आफ्नो पहुचका आधारमा सबै जनतालाई सचेत गराउनुपर्ने अवस्था हो यो ।सरकारलाई यो समस्यामा साथ दिन जती जरुरी छ त्यती नै सजग गराउनु पनि जरुरी छ । पार्टीहरुले ध्यान दिउन ।

यि कुराहरु जनताले गर्ने कुराहरु हुन । सरकारले हाम्रो लागि गर्ने होइन । सुरक्षाको उपाय आफुले गर्ने हो । यती कुरामा जनता सचेत भए लकडाउन गर्ने ,पसल बन्द गर्ने ,यातायात ,हवाइ सेवा बन्द गर्ने काम गरिरहनु जरुरी छैन।

कतीपय सस्थाहरु अहिले तत्काल खोल्दा घातक पनि हुनसक्छ तर राम्रोसँग समिक्षा गरेर सुरक्षा सर्तकता अपनाएर खोल्नु पर्ने ब्यापारिक सस्था, उधोगधन्दा खोल्न दिनुपर्छ । यस्ले मुलुकलाई थोरै भए पनि गतिशिल बनाइराख्न सहयोग पुर्याउछ ।

सामाजिक सस्थाहरु एवम् सरकारमा रहेका नरहेका सबै राजनैतिक दलहरुले आफ्नो पहुचका आधारमा सबै जनतालाई सचेत गराउनुपर्ने अवस्था हो यो ।सरकारलाई यो समस्यामा साथ दिन जती जरुरी छ त्यती नै सजग गराउनु पनि जरुरी छ । पार्टीहरुले ध्यान दिउन ।

अनी मुख्य कुरा, सरकारले सम्बेदनशील भएर सोच्नुपर्छ कि यस्तै बन्द सधैं भईरह्यो भने अर्थ ब्यबस्था चौपट हुन्छ अनी कोरोना घटेपछि देशमा एकै चोटि अराजक स्थिती उत्पन्न हुनसक्छ ।

अर्थतन्त्र तहसनहस भएपछि सबै जनताहरु सडकमा आएर आन्दोलन गर्नुको बिकल्प छैन अझ अर्को लुटमारको डरलाग्दो स्थिती न आऊला भन्न सकिन्न । त्यसैले बिस्तारै बिस्तारै अर्थतन्त्र चलायामान बनाउनुको बिकल्प छैन । ठुला ठुला शक्ती राष्ट्रहरुले यही बिधी अपनाएका छन ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )