छोटो समयमै प्रगति गर्दैै हाम्रो नेपाल सहकारी

छोटो समयमै प्रगति गर्दैै हाम्रो नेपाल सहकारी

बिर्तामोड । स्थापनाको छोटो अवधिमै स्थापित सहकारी संस्थाको रुपमा परिचित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिले आफ्नो साधारणसभाको तयारी थालेको छ । यसैक्रममा बिर्तामोडमा आयोजित एक कार्यक्रम मार्फत आफ्नो आठौं वार्षिक प्रगति प्रतिबेदन सार्वजनिक गरेको छ ।
सो प्रतिबेदनको एक समारोहका बीच संस्थाका अध्यक्ष भवानीप्रसाद दंगाल र संस्थाका सल्लाहकार भगिरथ आले मामाले गरेका थिए । ०६९ साल साउन १४ गते स्थापना भएको यो सहकारी संस्थाले स्थापनाको आठ वर्षमै झापामा एउटा स्थापित सहकारी संस्थाको रुपमा परिचय बनाएको छ । यस अवधिमा यस संस्थाले झापाभरि कार्यक्षेत्र बनाएको छ भने १५ बटा सेवा केन्द्र स्थापना गरिसकेको छ ।
प्रतिबेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष दंगालले सरकारको पछिल्लो निर्देशन अनुसार संस्थाले कार्तिक २० गतेदेखि २७ गतेसम्म साधारणसभाको मिति तय गरेको र सो समयमा पाँचबटा इकाइ मार्फत सदस्यहरुले साधारणसभामा सहभागिता जनाउने बताए ।
उनले भने, यो अहिलेको कोरोना महामारीको संकटको बेला सबै सावधानी अपनाएर साधारणसभा सम्पन्न गर्दैैछौं ।
यस वर्ष पनि यो संस्थाले सामाजिक क्षेत्रमा ठुलो योगदान गरेको छ । २५ सय ८७ जना सदस्यहरुको कोरोना बिमा गरिएको, लकडाउनको समयको ब्याज हर्जाना छुट र कोरोना राहत कोषका लागि स्थानीय तहहरुलाई सहयोग, पीसीआर ल्याब स्थापनाका लागि सहयोग, सदस्य उपचार, सुत्केरी, नजजात शिशुलाई पोषण सहयोग, मृत्यु राहत र ऋण मिनाहा मार्फत लाखौं रकम खर्च गरेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )