जम्मू-कश्मीरमा पर्यटकलाई स्वागत गर्ने तयारी

जम्मू-कश्मीरमा पर्यटकलाई स्वागत गर्ने तयारी
भारत । भारतको जम्मू-कश्मीरमा पर्यटन आवागमन खुला गर्ने भएको । कश्मीरस्थित श्रीनगर उपत्यकाको पर्यटन उद्योगलाई पुनर्जीवित गर्न जम्मू-कश्मीरका टुर अपरेटरहरू कोभिड–१९ को प्रकोपका बिच आउँदो जाडो मौसम देखी पर्यटन खुल्ला गर्ने तयारी गरिरहेका छन् ।
जम्मू कश्मीर प्रदेशमा कोरोना भाइरसको सङ्ख्या बिस्तारै घट्दै गएकोले टुर अपरेटरहरूले कश्मीरमा पुनः पर्यटन गतिविधि सुधार हुने आशा गर्दै खुल्ला गर्ने तयारी गरिरहेका छन्। उपत्यकामा एक टुर अपरेटरले श्रीनगरको पर्यटन उद्योगलाई पुनर्जीवित गर्न आवश्यकतामा जोड दिँदै कोरोना भाइरसको संक्रमण कम हुँदै जाँदा अब पुनः पर्यटक उद्योगले राम्रो गति लिने आशा गरिरहेको बताए।
स्थानीय पर्यटन विभागका निर्देशक अहमद रेडीनले श्रीनगरले सम्पूर्ण सुरक्षा सावधानीका साथ पर्यटन खुल्ला गर्ने तयारी गरिरहेको जानकारी दिए। जम्मू कश्मीरमा पर्यटन खुल्ला गर्ने तयारीबारे हालै मुम्बईका ७० भन्दा बढी ट्राभल अपरेटरसँगै, लेखक र पत्रकार लगायतको टोलीले हालै स्थलगत भ्रमण गरेको थियो।  टाइम्स अफ इन्डियाबाट
प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )