“साहारा सहकारी पत्रकारीता पुरस्कार २०७७” इन्द्रजीत मुखियालाई

“साहारा सहकारी पत्रकारीता पुरस्कार २०७७” इन्द्रजीत मुखियालाई

झापा । बिगत दुई दशक भन्दा लामो समयबाट पत्रकारिता गरिरहेका नेपाल टेलिभिजन झापाका सम्वाददाता इन्द्रजीत मुखिया सम्मानित भएकाछन् । मुखियाले पत्रकारिताको माध्यमबाट आर्थिक तथा सहकारी क्षेत्रका सुचनाहरु समाज र राष्ट्रलाई सु–सुचित गरेको भन्दै साहारा नेपाल बचत तथा रिण सहकारी संस्थाले आज सम्मानीत गरेको हो ।

सहकारीको २४औं बार्षिक साधारण सभामा मुखियालाई “साहारा सहकारी पत्रकारीता पुरस्कार २०७७” बाटसम्मान गरिएको साहारा नेपाल(साकोस) का सचिव मेहेन्द्रकुमार गिरीले बताए । आँगन एफएमका प्रवन्ध निर्देशक समेत रहेका मुखियालाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का भुमि व्यवस्था,कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाले सम्मान गरेका हुन्

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )