कोभिडपछि नेपालमा मानसीक समस्या बढ्यो

कोभिडपछि नेपालमा मानसीक समस्या बढ्यो

बिर्तामोड । यहाँ आयोजित एक कार्यक्रममा नेपालमा मानसीक समस्या गम्भिररुपमा देखापरेको औल्याइएको छ ।

टिपिओ नेपाल नामक एक संस्थाद्धारा बिर्तामोडमा आयोजित कार्यक्रममा सहभागी बक्ताहरुले मानसीक समस्या दिनानुदिन बढिरहेको समयमा यसलाई निःशुल्करुपमा गर्नुपर्ने आवाज उठाइयो ।

झापा जिल्लाका सातबटा पालिकामा संचालित मानसीक स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका बारेमा पालिकाका प्रमुख र उप प्रमुखहरु तथा अन्य क्षेत्रका अगुवाहरुसँग गरिएको अन्तरक्रियामा नेपालमा मानसीक स्वास्थ्यको अवस्था, निम्न आय भएका मुलुकहरुका लागि स्वास्थ्य कार्यक्रम र यसको प्रभावका बारेमा चर्चा गरिएको थियो ।

झापाका बिर्तामोड, शिबसताक्षी, अर्जुनधारा, गौरादह, मेचीनगर, कनकाई नगरपालिका र कमल गाउँपालिकामा यो कार्यक्रम संचालित रहेको कार्यक्रम संयोजक पूजा पोखरेलले जानकारी दिनुभयो ।

सो कार्यक्रममा कोभिड र लकडाउनका कारण नेपालमा १९ दशमलब ४१ प्रतिशतले आत्महत्याको दर बढेको पनि जानकारी गराइयो । यो तथ्यले नेपालमा यो समस्या तीब्ररुपमा बढिरहेको बुझ्न सकिन्छ ।

यसरी आयोजित अन्तरक्रिया कार्यक्रममा टिपिओ नेपालका कार्यकारी निर्देशक डा. कमल गौतम, डा. रोहित पाण्डे, अनुसन्धान प्रमुख नगेन्द्र लुईटेल, प्रदेश स्वास्थ्य कार्यालय निर्देशक ज्ञानबहादुर कार्की, प्रदेश आपूर्ति केन्द्रका प्रमुख शम्भूप्रसाद साह, बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बोल्नुभएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )