धौलागिरी पारिजातको अर्को सेवा केन्द्र सिस्नेमा

धौलागिरी पारिजातको अर्को सेवा केन्द्र सिस्नेमा

बिर्तामोड । बिर्तामोडमा प्रधान कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडले अर्जुनधारा नगरपालिका–१ सिस्नेमा आफ्नो छैटौं सेवा केन्द्र स्थापना गरेको छ ।

संस्थाले बिहीबार एक कार्यक्रमको आयोजना गरी सेवा केन्द्र उद्घाटन गरेको हो । सो कार्यक्रममा झापा जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले आर्थिक कारोबारसँगै सामाजिक गतिविधीमा सक्रिय हुने जनाएको छ ।

अर्जुनधारा १ स्थित शान्तिचोकमा रहेको कार्यालयबाट बिहीबारदेखि आर्थिक कारोबार शुरु गरिएको अध्यक्ष कृष्ण पौडेलले बताए । उनले निकट भविष्यमा सो स्थानमा सुलभ मुल्यको पसल स्थापना गर्ने समेत जानकारी दिए ।

संस्थाले नागरिक समृद्धिको लागि आर्थिक, सांस्कृतिक, सामाजिक गतिविधीहरुमा हातेमालो गरेर अगाडि बढ्ने संस्थाका सचिब किशोर भट्टराईले बताए । उनले त्यस क्षेत्रका अन्य सहकारी संस्थासँग भाइचाराको सम्बन्ध स्थापित गरेर सेवा केन्द्र सञ्चालन गर्ने बताए ।

संस्थाका कार्यकारी निर्देशक युवराज ढकालले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिका वडा नम्बर १ का अध्यक्ष गजाधर खतिवडा, पत्रकार महासंघ १ नं प्रदेश समिति सदस्य तीर्थ सिग्देल, हचुमासा सामुदायिक बनक अध्यक्ष युवराज लोहार, संस्थाका उपाध्यक्ष गोपाल ओली लगायतले सेवा केन्द्र सफल सञ्चालनको शुभकामना राखेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )