कोरोनाको महामारीमा पनि कर्णालीले गर्यो प्रगति

कोरोनाको महामारीमा पनि कर्णालीले गर्यो प्रगति

बिर्तामोड । बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली साकोसले कोरोनाको महामारीको समयमा पनि संस्थागत प्रगति गरेको उल्लेख गरेको छ ।

गत वर्षदेखि कोरोनाको चपेटामा परेपनि  संस्थाले सदस्यको सेवामा कुनै कमी नगरेको र अबका दिनमा पनि सदस्यको सेवामा संस्थालाई अहोरात्र लगाउने जनाएको छ ।

बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रम राखेर संस्थाले चालु आवको चैत्र मसान्तसम्मको संसथाको अवस्था सार्वजनिक गरेको छ ।
सो अवसरमा ३८ हजार ७ सय ८१ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ३४ करोड ७५ लाख ३० हजार ८ सय पुगेको जनाएको छ ।

संस्थाले चैत मसान्तसम्मा १ अर्व ३६ करोड ४७ लाख ३४ हजार ५ सय ३८ रुपैयाँ बचत गरेको छ भने २ अर्व ७५ करोड ९३ लाख ६२ हजार ५२ रुपैयाँ लगानी गरेको संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार संस्थाले चैत्र मसान्तसम्ममा ८ करोड २३ लाख २३ हजार २ सय ४१ रुपैयाँ नाफा गर्न सफल भएको छ । कोरोना महामारी भएपनि सदस्यलाई संस्थाको सेवाबाट बञ्चित नगराइने अध्यक्ष श्रेष्ठको भनाई छ ।

संस्थाले स्थापना गरेको उपचार कोषको सदस्य बनेका सदस्यलाई १० लाख रुपैयाँसम्मको उपचार सहयोग उपलब्ध गराउने संस्थाका सचिव भूपाल बस्नेतले बताउनुभयो । उपचारकोषको सदस्य बन्न पहिलो बर्ष ५ हजार र प्रत्येक बर्ष एकहजार रुपैयाँ कोषमा जम्मा गर्नु पर्ने प्रावधान रहेको छ ।

कार्यक्रमका स्वागत संस्थाका उपाध्यक्ष इश्वरीप्रसाद खरेलले गर्नुभएको कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख चिदानन्द सुवेदीको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )