बिद्यालयका प्रअ बने राप्रपा जिल्ला अध्यक्ष

बिद्यालयका प्रअ बने राप्रपा जिल्ला अध्यक्ष

बिर्तामोड । झापाको एउटा बिद्यालयका प्रधानाध्यापक नै एउटा पार्टीको जिल्ला अध्यक्ष भएका छन् ।

कनकाई नगरपालिकास्थित लक्ष्मीपुरमा रहेको हिमाली माबि का प्रअ केशवप्रसाद ओझा राप्रपा झापाको अधिवेशनबाट सर्वसम्मत निर्वाचित भए । यद्यपि, उपाध्यक्ष कमल खरेलको अध्यक्षमा उम्मेदवारी परेको थियो ।

सहमतीको नाममा पुराना तथा त्यागी नेता कमल खरेललाई पन्छाउँदै बिद्यालयका प्रधानाध्यापक ओझालाई राप्रपा झापाले आगामी कार्यकालको लागि  अध्यक्षमा चयन गरेको छ ।

जिल्लाको सबै क्षेत्रबाट प्रतिनिधित्व हुने गरि ३५ जना जिल्ला समितिमा छन् । । अध्यक्ष सहित नयाँ कार्यसमिति पदाधिकारीहरुलाई सोमबार बिर्तामोड स्थित पार्टी कार्यालयमा बधाई ज्ञापन गरिएको छ ।

नवगठित कार्यसमिति पदाधिकारीहरुलाई राप्रपा केन्द्रिय महासचिव राजेन्द्र लिङदेन, केन्द्रिय सदस्यहरु विश्वमोहन थापा, भक्ती सिटौला, देवीरमण भट्टराई, राजकुमार पोखरेल, प्रदेश १ अध्यक्ष रामकुमार थापा लगायतले बधाई तथा शुभकामना व्यक्त गरेको जनाइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )