अर्जुनधारा नगरपालिकाको प्रेस विज्ञप्ति

अर्जुनधारा नगरपालिकाको प्रेस विज्ञप्ति

अर्जुनधारा नगरपालिका, झापा
प्रेस विज्ञप्ति

बिश्वभर द्रुत गतिमा फैलिरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारीको प्रकोप हाम्रो नगरपालिकामा समेत तिब्र रुपमा फैलिरहेको छ । यस नगरपालिकामा कार्यरत केही कर्मचारीमा समेत यो रोगको संक्रमण देखा परेको छ । संक्रमणको रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी मिति २०७८ बैशाख २० गतेदेखि अर्काे निर्णय नभएसम्मका लागि अर्जुनधारा नगरपालिकाको अत्यावश्यक सेवा बाहेक सम्पुर्ण सेवा बन्द गरिएको जानकारी गराइन्छ ।

नगरपालिकाले प्रदान गर्दै आएकामध्ये स्वास्थ्य, सरसफाई, २४ घण्टे इमर्जेन्सी सेवा, २४ घण्टे प्रसुति सेवा, नियमित खोप सेवा, स्वास्थ्य संस्थाहरु बाहेक सम्पुर्ण सेवाहरु अर्काे सुचना नभएसम्मका लागि बन्द गरिएको जानकारी गराउन चाहन्छौं ।

नगरवासी जनसमुदायहरु,

बिगतका बर्षहरुको कोभिड–१९ रोगभन्दा अहिलेको नयाँ भेरियन्ट थप संक्रामक भएको विज्ञहरुले बताईसकेका छन् । हामी सुरक्षित रुपमा घरमै बसेर यसको प्रतिवाद गर्नुको बिकल्प छैन । अस्पतालले कोभिड संक्रमित बिरामी धान्ने अवस्था करीब–करीब अन्त्य भएको छ । हामीले अनावश्यक भिडभाडमा नजाने, संक्रमितलाई सुरक्षित रुपमा राख्ने, पोषिलो खानेकुरा प्रदान गर्नेबाहेक कोभिड–१९ नियन्त्रणको विकल्प छैन । हामीले सरकारले तोकेको स्वास्थ्य, सुरक्षा मापदण्डको कढाईँका साथ पालना गर्नुपर्ने समय आएको छ । यसका लागि सिङगो नगरवासीको सामुहिक प्रतिबद्धता आवश्यक छ ।

यस नगरपालिकामा सञ्चालनमा रहेका नियमित हाटबजार, साप्ताहिक हाटबजार, मठ मन्दिर, चर्च, मश्जिद, यातायात, उद्योगधन्दा, कलकारखाना सञ्चालनका सम्बन्धमा जिल्ला कोभिड संकट ब्यवस्थापन समितिले गरेको निर्णय पुर्ण रुपमा पालना गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ । कोभिड–१९ लाई हाम्रो नगरपालिकाबाट परास्त गर्नका लागि सम्पुर्ण नगरवासीको साथ, सहयोग र एकता आवश्यक पर्ने भएको हुँदा एकबद्ध भई कोभिड बिरुद्ध सामुहिक सर्तकता अपनाऔ ।

पहिलो चरणमा १६६ जनालाई कोरोना संक्रमण पुष्टि भएकोमा ८ जनाको मृत्यु भएको र दोस्रो चरणमा अर्जुनधारा नगरपालिकामा ४५ जनामा कोरोना पोजेटिभ र १ जनाको मृत्यु समेत भइसकेको हँुदा र गत वर्षको तलनामा यस वर्ष सक्रमित बढि देखिएको र सुरक्षा सर्तकताको पालना गर्नुनै सुरक्षीत बन्ने बनाइने एक मात्र उपाय रहेको जानकारी गराउदछु ।

हरिकुमार राना

नगर प्रमुख

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )