असंबैधानिक कदमबिरुद्ध दलहरु खरो उत्रने

असंबैधानिक कदमबिरुद्ध दलहरु खरो उत्रने

काठमाडौं । असंबैधानिक कदमबिरुद्ध दलहरु खरो उत्रने भएका छन् । यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेपछि विपक्षी गठबन्धनमा रहेका दलहरू आपसी छलफलमा जुटेका थिए।

त्यस छलफलपछि विपक्षी गठबन्धनका दलहरु मध्यरातमा भएको संसद विघटनविरुद्ध अदालत जाने भएका छन् ।

प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको उनीहरुको निष्कर्ष निकालेका छन ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजबादी पार्टीको उपेन्द्र समूह र राष्ट्रिय जनमोर्चाको शनिबार बैठक बसेको थियो ।

मध्यरातमा राष्ट्रपतिमा र प्रधानमन्त्रीले मिलेर देशलाई संवैधानिक संकटमा धकेलेको निष्कर्ष निकाल्दै यसका विषयमा सबै दलहरु मिलेर संघर्ष गर्ने निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )