सहाराद्धारा पशुपंक्षि तथा कृषि सेवा कार्यक्रम संचालन

सहाराद्धारा पशुपंक्षि तथा कृषि सेवा कार्यक्रम संचालन

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) को एग्री विजिनेस यूनिटले आफ्ना सदस्यहरुलाई टेलिफोन तथा अनलाईन मार्फत पशुपालन तथा कृषि व्यवसाय सम्बनधी परामर्श तालिम संचालन गर्ने भएको छ ।

सहारा नेपाल साकोसको कार्य क्षेत्र मध्ये ६ वटा जिल्ला झापा, मोरंग, सुनसरी, पाँचथर, इलाम, र उदयपुरमा एग्री विजिनेस युनिटका प्राविधक मार्फत व्यवसायिक कृषि तथा पशुपालन गर्ने सदस्यहरुलाई विगत ३ वर्षदेखि सेवा पुर्याउदै आएको छ ।

हाल कोभिड १९ को महामारीमा फिल्ड तथा प्रत्यक्ष हिडडुलमा असहज हुँदा टेलिफोन सेवा मार्फत दैनिक सय भन्दा बढी सदस्यहरुलार्इ पशु स्वास्थ्य, व्यवस्थापन र अन्य जानकारी गराउदै आईरहेको छ ।

पहिलो लकडाउनको समयमा व्यवसायिक कृषि तथा पशुपालन गर्ने कृषक सदस्यहरुलाई जुम मार्फत ४६ वटा तालिम दिइएको थियो । जस अन्तरगत २८ सय भन्दा बढी सदस्यहरुलाई बाख्रा, कुखुरा, बंगुरपालन, फ्रेस हाउस सुधार, तरकारी खेती, नर्सरी विकास, व्यवसायिक योजना सम्बन्धी तालिम तथा परामर्श सेवा प्रदान गरिएको थियो ।

सो तालिम प्रभावकारी भएको शेयर सदस्यहरुबाट सुझाव आएको हुँदा हालको असहज परिस्थिति र लकडाउनको अवघिमा पनि पशु तथा कृषि परामर्श सेवा प्रभावकारी रुपमा संचालन गरेको छ ।

यसैक्रममा सहारा नेपाल साकोसको एग्रो विजिनेस युनिटले जेष्ठ १५ गतेदेखि अनलाईन मार्फत जुम र फेसबुक कृषिक्रान्तिबाट पशुपालन तथा कृषि तालिम पुनः संचालन हुन लागेको कुरा संस्थाका कृषि यूनिटका प्रमुख डा. कमलेश्वर भाटले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )