सिरीजङ्घा गाउँ पालिकाको नवौं गाउँ सभा

सिरीजङ्घा गाउँ पालिकाको नवौं गाउँ सभा

ताप्लेजुंग । सिरीजङ्घा गाउँपालिकाको नवौं गाउँ सभाको पहिलो बैठक सम्पन्न भएको छ ।

सभाको पहिलो बैठकमा सिरीजङ्घा गाउँपालिका गाउँपालिकाका अध्यक्ष टिकाराम गुरुङले नीति तथा कार्यक्रम पेश गरेका थिए । आगामी आर्थिक वर्ष २०७८।०७९ को लागि ४३ बुदे नीति तथा कार्यक्रम पेश गरिएको थियो ।

सो सभाले ४३ बुदे नीति तथा कार्यक्रम सर्वसम्मतरुपमा पारित गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । उनका अनुसार गाउँपालिकाकी उपाध्यक्ष ज्ञानमाया चौहान गौतमले आगामी आर्थिक वर्ष २०७८।०७९ को आयव्यय सहितको बजेट प्रस्तुत गरेकी थिइन् ।

५० करोड ५७ लाखको अनुमानित आय र ५० करोड ५७ लाखकै अनुमानित व्यय समावेश भएको सिरीजङ्घा गाउँपालिकाको विनियोजन विधेयक, २०७८ र सिरीजङ्घा गाउँपालिकाको आर्थिक विधेयक, २०७८ समेत सर्वसम्मतरुपमा पारित भएको जनाइएको छ । सिरीजङ्घा गाउँपालिकाकोआगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम पारित भइसकेको छ ।

नियमित गाउँ सभा अधिवेशनको दोस्रो बैठक यही मिति २०७८।०३।२८ गते बस्ने भएको गाउँ पालिकाले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )