मनोज गजुरेल सिरीजङ्घा गाउँपालिकाको सद्भावना पर्यटन दूत

मनोज गजुरेल सिरीजङ्घा गाउँपालिकाको सद्भावना पर्यटन दूत

ताप्लेजुंग । सिरीजङ्घा गाउँपालिकाको नवौं गाउँ सभाको पहिलो बैठकले ख्यातिप्राप्त राष्ट्रिय कलाकार मनोज गजुरेललाई सिरीजङ्घाको छोरो उपमाले सम्मान गर्ने भएको छ ।

सभाको पहिलो बैठकमा सिरीजङ्घा गाउँपालिका गाउँपालिकाका अध्यक्ष टिकाराम गुरुङले  पेश गरेको नीति तथा कार्यक्रम अनुसार गजुरेललाईत्यस गाउँपालिकाको सद्भावना पर्यटन दूतको रुपमा नियुक्त गरिने भएको छ।

सिरीजङ्घा गाउँपालिकाको ६ नम्बर वडा, नं मामांखेमा जन्मिएका जगुरेललाई सद्भावना पर्यटन दूतको रुपमा नियुक्त गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिएका छन् ।

सो पालिकाले यस प्रकारका ४३ बटा बुदामा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )