आमाको स्मृतिमा पत्रकार प्रसाईको उदाहरणीय कार्य

आमाको स्मृतिमा पत्रकार  प्रसाईको उदाहरणीय कार्य

बिर्तामोड,
नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति कोषाध्यक्ष रञ्जित प्रसाईले आफ्नी आमा दमन्तादेवीको स्मृतिमा पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् ।

 

 

उनले आमा दमन्तादेवीको ११ औं वार्षिक पुण्यतिथिका दिन पत्रकार उपचार कोषका लागि पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी , प्रदेश १ का सदस्य सुरेन्द्र भण्डारी, झापा शाखाका उपाध्यक्ष केशव भट्टराई, कार्यसमिति सदस्यहरु रञ्जित परियार, बिनोद पाण्डेसहितको टोलीलाई उक्त रकम प्रदान गरेका हुन् ।

डेढ दशकदेखि पत्रकारितामा क्रियाशील बिर्तामोड ७ गरामनी निवासी प्रसाईं आँगन एफएम बिर्तामोडका स्टेशन मेनेजर हुन् ।

पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएकोमा कोषमा हाल ४५ लाख रुपैयाँ जम्मा भइसकेको पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले बताए । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।
महासंघ झापा शाखाले संघ–संस्था, सहकारी, बैंक, दाता सबै क्षेत्रलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ ।त्यस्तै उपचार कोषको सदस्यता नलिएका सबै पत्रकारलाई तत्काल कोषको सदस्यता लिन पनि महासंघले आह्वान गरेकोे छ ।

आफूले झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने पत्रकार प्रसाईंले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )