राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बिर्तामोडको अध्यक्षमा शिखा खड्का गणेश

बिर्तामोड , राष्ट्रिय प्रजातन्त्र पार्टीसंबद्ध जनवर्गीय संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बिर्तामोडको अध्यक्षमा शिखा खड्का गणेश निर्वाचित भएकी छिन्।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बिर्तामोडको प्रथम एकता नगर अधिवेशनले मेची महाकाली बुहारी संयुक्त आवाज झापाकी संयोजक शिखा खड्का गणेशलाई अध्यक्षमा चयन गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर अध्यक्ष रन्जु प्याकुरेलको अध्यक्षता तथा सांसद राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य भक्ति सिटौला , जिल्ला अध्यक्ष केशव ओझा लगायतले शुभकामना दिएका थिए ।अधिवेशनमा दशैवटा वडाबाट महिला तथा युवाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया व्यक्त गर्नुस्