जन्मोत्सवमा एलसीले गरे पत्रकार सहारा उपचार कोषलाई सहयोग

जन्मोत्सवमा एलसीले गरे  पत्रकार सहारा उपचार कोषलाई सहयोग

बिर्तामोड , वीरता जेसीजका महासचिव एलसी श्रेष्ठले आफ्नो जन्मोत्सव फरक तरिकाले मनाएका छन् ।
उनले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई १० हजार रुपैयाँ प्रदान गरेर जन्मोत्सव मनाएका हुन् ।

बिर्तामोडस्थित वीरता जेसीज सचिवालयमा आयोजित कार्यक्रमकाबीच वीरता जेसीजका अध्यक्ष राजीव धिमाल र महासचिव एलसी श्रेष्ठले पत्रकार उपचार कोषका लागि पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराई , उपाध्यक्ष सुशीला संग्रौला, कोषाध्यक्ष रञ्जित प्रसाईं, कार्यसमिति सदस्यहरु होमप्रकाश अधिकारी र रञ्जित परियारलाई उक्त रकम प्रदान गरेका हुन् ।

वीरता जेसीजका अध्यक्ष राजीव धिमालको अध्यक्षतामा भएको कार्यक्रममा टीकाराम खतिवडाले जेसीज आस्था वाचन गरेका थिए ।
कार्यक्रममा वीरता जेसीजका निवर्तमान अध्यक्ष मिजास पोखरेल, कार्यक्रम संयोजक जीवन खड्का, कार्यकारिणी उपाध्यक्ष विकास बस्नेत लगायतले पत्रकारको दिगो हितका लागि जन्मोत्सवको अवसरमा उपचार कोषमा सहयोग गरेर श्रेष्ठले परोपकारी काम गरेको बताए ।

पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएकोमा कोषमा हाल ४५ लाख रुपैयाँ जम्मा भइसकेको छ भने कोषमा सहयोग जुट्ने क्रम जारीरहेका पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बताए ।
कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको बताउँदै उनले महासंघ झापा शाखाले संघ–संस्था, सहकारी, बैंक, दाता सबै क्षेत्रलाई पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा एकपटक सहयोग गर्न आव्हान गरेको जनाए ।
उपचार कोषको सदस्यता नलिएका सबै पत्रकारलाई तत्काल कोषको सदस्यता लिन पनि महासंघले आह्वान गरेकोे छ ।
कार्यक्रममा महासचिव एलसी श्रेष्ठले आफूले झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने तथा यस्तो परोपकारी कार्यमा योगदान गर्न पाउँदा सन्तुष्टि प्राप्त हुने बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )