पूर्वी नाका खोल्न माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापन

पूर्वी नाका  खोल्न  माग गर्दै प्रधानमन्त्री  देउवालाई  ज्ञापन

झापा , प्रदेश नम्बर १ का उद्योगी व्यवसायीहरुले नेपालको पूर्वी नाका काँकरभिट्टा खोल्न आग्रह गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।

पूर्वीनाका काँकरभिट्टाबाट नेपाल आउन चाहाने भारतीय व्यवसायी, पर्यटक, कामदार, विरामीलाई पीसीआर रिर्पोट वा खोपकार्डको आधारमा नेपाल आउने बातावरण मिलाइदिन आग्रह गर्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर– १ का अध्यक्ष टिकाराज ढकाल र उद्योग बाणिज्य संघ मेचीनगरका अध्यक्ष ऋषिराज तिम्सिनाको नेतृत्वमा , व्यवसायीले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना मार्फत प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका हुन् ।

व्यवसायीको ज्ञापन पत्र बुझ्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले व्यवसायीको माग सम्वोधन गर्न प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पठाउने वताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )