‘कमेडी च्याम्पियन सिजन २’ को बिजेता बनाउन भरतमणीको आग्रह

‘कमेडी च्याम्पियन सिजन २’ को बिजेता बनाउन भरतमणीको आग्रह

बिर्तामोड । कान्तिपुर टेलिभिजनमा प्रशारण भइरहेको कमेडी च्याम्पियन सिजन २ को फाइनलमा पुग्न सफल भरतमणी पौडेलले आफूलाई जिताउन झापावासीलगायत सबैलाई आग्रह गरेका छन् ।

 

 

गत शनिबार राति प्रसारण भएको शृंखलामा उत्कृष्ट प्रस्तुति दिएपछि ‘कमेडी च्याम्पियन सिजन २’ को सिधै फाइनलमा प्रवेश गरेका ताप्लेजुङका भरतमणिले झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा आफूलाई उपाधी जिताउन धेरैभन्दा धेरै भोट गर्न सबैलाई आग्रह गरेका हुन् ।
‘कमेडी च्याम्पियन सिजन २’ को फाइनलमा प्रवेश गरेका उनी भोट माग्दै झापा हुँदै गृहजिल्ला ताप्लेजुङ जानेक्रममा भद्रपुर विमानस्थलमा उत्रदा झापाली समर्थकहरुले स्कटिङ गरेर  विर्तामोडसम्म ल्याएका थिए ।
भरतमणीलाई जिताउनको लागि झापाली युवाले बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा  उनले नेपाली दर्शकहरुको हौसला र समर्थनका कारण आफू कमेडी च्याम्पियनको फाईनलसम्म आईपुगेको बताए ।
उनले झापावासीको साथ र सहयोग पाए आफु‘कमेडी च्याम्पियन सिजन २’ को विजेता वन्नेमा दुई मत नरहेको बताउँदै सबैले भोट गरेर जिताई दिन अपील गरेका छन् ।
कमेडीको माध्यमबाट पूर्वी नेपालसहित देशको पर्यटन क्षेत्रको प्रचारप्रसार र प्रवर्धनमा योगदान दिने बताउँदै उनले आफ्नो कमेडी च्याम्पियन सिजन २’ को विजेता बन्ने सपना पूरा गर्नका लागि भोट गर्न आग्रह गरे ।
कार्यक्रममा फुङलिङ नगरपालिकाका उपप्रमुख बलबहादुर भट्टराई , कमेडी च्याम्पियन सिजन २’ का प्रतियोगी विकास अर्याल , कलाकार राकेश कमेडी लगायतले कमेडी च्याम्पियन सिजन २ को विजेता बनाउन भरतमणीलाई भोट गर्न आग्रह गरे । भरतमणीलाई भोट गर्न प्रभु पे को एप डाउनलोड गरि भोटिङ कोड ०३ मा भोट गर्न सकिने छ ।
फाईनलमा पुग्न सफल भरतमणी पौडेल सुदुर पूर्व, विक्की अग्रवाल भारतको सिक्किम र सन्तोष थापा सुदुर पस्चिमबाट प्रतिनिधित्व गरिरहेका छन् ।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी हरि बरालले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )