युएईमा तीजको लहर

युएईमा तीजको लहर

रामप्रसाद ढुंगेल
नेपाली नारीहरुको रमाइलो पर्व तीजको रौनकले युएईलाई क्रमशस् छुन थालेको छ । कोरोना भाइरसको प्रकोपले गत वर्ष त लगभग ठप्प भएका साँस्कृतिक पर्व र गतिविधिहरु यो वर्ष चलायमान देखिन्छन् । कोरोनाको प्रकोपलाई नियन्त्रणमा ल्याउदै ८० प्रतिशत बासिन्दालाई कोरोना विरुद्धको भ्याक्सिन लगाइ सकेको युएई सरकारले आर्थिकरसामाजिक गतिविधिलाई स्वास्थ मापदण्ड अपनाएर खुल्ला गर्न थालेको छ । कोरोना कहरबीच युएई सरकारले सामाजिक जीवनलाई सहज बनाउदै लगेपछि युएईमा श्रमरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले आफना सामाजिक, व्यावसायिक र साँस्कृतिक गतिविधि सुचारु गर्न थालेका छन् ।

युएईमा करिब ४ लाख नेपालीहरु रहेको अनुमान गरिन्छ । अदक्ष कामदारको बाहुल्य रहेको युएईमा अर्धदक्ष र दक्ष कामदार पनि क्रमिक रूपमा बढिरहेका छन् ।
युएईको मुख्य आम्दानीका श्रोतमध्ये पर्यटन पनि एक हो । तसर्थ हस्पिटालिटीको क्षेत्रमा धेरै नेपालीहरुले रोजगारी पाएका छन् । सेल्स, सेक्युरिटी, निर्माण क्षेत्रमा उल्लेख नेपालीहरुले काम गरेका भेटिन्छन् । घरेलु कामदारका रूपमा अनगिन्ती नेपाली महिलाहरु युएईमा काम गरिरहेका छन् ।

वैदेशिक रोजगारीको लागि देश भन्दा परको देश अर्थात् परदेशमा पुगेपछि मानिसमा भावुकता, देशप्रेम, संस्कृतिप्रेमले केही प्रभाव पार्छ । यसै मेसोमा यहाँ तीज पर्वलाई उच्च महत्त्वका साथमा लिइन्छ ।
कोभिडकाल पहिले नेपालमा पनि नेपाली चेलीबेटीहरु दर खाने बहानामा महिना दिन अगाडिदेखि जमघट भएर नाचगान गरी अनवरत रूपमा तीज मनाउने गर्थे ।
युएईको सन्दर्भ पनि लगभग उस्तै थियो । तीज आउनु एक महिना अगाडिदेखि दरखानेरखुवाउने, नेपालबाट नाम चलेका कलाकार, गायकगायिका ल्याएर साँस्कृतिक कार्यक्रम गर्ने होडबाजी नै चल्थ्यो ।
यसै सिलसिलामा झापाली समाज युएईले पनि अहिलेका चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीलाई सन् २०१७ को तीज कार्यक्रममा पहिलोपटक युएई ल्याएर भव्य रूपमा तीज कार्यक्रम सम्पन्न गरेको थियो ।यस्ता कार्यक्रम त एकै दिन २र३ स्थानमा पनि आयोजना गरिन्थे ।

युएईमा स्याङ्जा झापा पाल्पा, कास्की,रुपन्देही जिल्लाका नाममा गठन भएका समाजहरु क्रियाशील छन् । अरु जिल्लाका नाममा, जातका नाममा, धर्मका नाममा, राजनीतिक आस्थाका नाममा यहाँ १ सयभन्दा बढी सामाजिक संस्थाले आफ्नो गतिविधि चलायमान बनाएका छन् ।
यहाँ सामान्य समस्यामा परेका बेला सम्बन्धित जिल्लाका समाजहरुलाई खोजी गरी समाधानको उपाय खोजिन्छ । अति ठुलो र महत्त्वपूर्ण समस्या आएमा सबै समाजहरु मिलेर सहकार्य गरिन्छ ।
भुकम्प जादा होस् या बाढीपहिरो आउदा युएईका सबै सामाजिक संस्था मिलेर दिल खोलेर सहयोग गरेका छन् । केही वर्ष अगाडि बुद्ध जयन्ती पनि सामुहिक रूपमा मनाइएको थियो ।

प्रसङ्ग झापाली समाज युएईको तीज कार्यक्रमको हो । फेरि झापालीले मात्रै तीज मनाउँछ्न र रु भन्ने प्रश्न पनि उठला ।
झापाली समाज युएईले २०१७ मा तीज कार्यक्रम गर्नुको उदेश्य असहाय बालबालिकाहरुका लागि १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएर तीज कार्यक्रम आयोजना गरेको थियो । नेपालबाट गायकगायिका ल्याएर निकै मिहिनेत गरेर झापाली समाज युएईका तत्कालीन साँस्कृतिक संयोजक पारस लामाले कार्यक्रम सफल पारेका थिए । दोस्रो वर्ष पनि पुनः सोही उदेश्य लिएर कार्यक्रम आयोजना गरिएको थियो । तर, कलाकारको पारिश्रमिक, हलभाडा आदि इत्यादि खर्चले १० लाख रुपैयाँ संकलन हुन सकेको थिएन । २र३ वर्ष एउटै नारा लिएर ूझापाली समाज युएईको नयाँ सोच, असहाय बालबालिकाहरुको शिक्षाको लागि १० लाख रुपैयाँको अक्षयकोषू विविध कार्यक्रम आयोजना गरेर जम्मा ५ लाख रुपैयाँ भने जम्मा गर्न सफल भएको थियो झापाली समाज युएई ।
नहुनु मामा भन्दा कानु मामा जाती भनेझै अन्य समाजहरुले तीजको नाममा रमाइलो मात्रै गरेको देखिन्छ भने युएईका झापालीहरुले रमाइलोलाई सामाजिक उत्तरदायित्वसँग जोडेर दीर्घकालीन महत्त्वको काम गरेको देखिन्छ । यसै कारण तीजको सन्दर्भमा झापाली समाज युएईको नाम बारम्बार जोडिएको छ ।
उक्त कोषलाई पुर्व अध्यक्ष अशोक चापागाईंको कार्यकालमा अभियान चलाएर अहिले १३ लाख रुपैयाँ झापाको एक्सल डेभलपमेन्ट बैंकमा अक्षयकोषका रूपमा राखिएको छ ।
यहाँबाट बर्सेनि प्राप्त हुने व्याजले असहाय बालबालिकाहरुको शिक्षामा छात्रवृत्ति प्रदान गर्ने लक्ष्य झापाली समाज युएईको रहेको छ ।
तीजमा रमाइलो त गर्नुपर्ने हुन्छ तर तीज मनाइरहदा पनि सामाजिक हितको लागि केही काम गर्न सकियो भने त्यसले निकै महत्त्व र अर्थ बोक्ने गर्छ ।
अहिले त कोरोनाको कारण सबै शिथिल छन् । २०२० को तीज त झनै शुन्य भएको थियो ।अहिले माहोल अलि सहज बन्दै गएको छ ।

 

गत अगस्ट २७ मा अबुधाबीको एभरेस्ट ट्राभलको आयोजना तथा झापाली चेली अन्जु भट्टराईको संयोजनमा दर खानेरखुवाउने कार्यक्रमको सहजीकरण मैले गरेको थिएँ । सीमित मानिसहरुको उपस्थितिमा नाचगान गर्दै मनाइएको तीज कार्यक्रम लगत्तै ३ सेप्टेम्बरमा झापाली चेली अस्मिता पोखरेल कार्यरत प्राइम कार्गोले रमाइलो तरिकाले नाचगान र उपहार आदानप्रदान गरेर तीज मनाएको थियो । दुबै कार्यक्रमको संचालन र सहजीकरण मैले गरेको थिएँ ।
झापालीचेली अस्मिता पोखरेलदेखि, मोरङकी संगीता कोइराला, काठमाडौंकी सिरु गुरुङ, काभ्रेकी रुपा पुडासैनीदेखि महाकालीकी अनुप्रिया पन्तसम्मलाई एकै मञ्चमा तीजको अवसरमा भेट्न पाइयो ।

कोरोनाको त्रासबीच पनि आगामी १० सेप्टेम्बर शुक्रबार प्राइम कार्गोकै आयोजनामा स्वास्थ मापदण्ड अपनाएर भव्य तरिकाले तीज मनाउने कार्यक्रम रहेको छ ।
कोरोनाले अस्तव्यस्त बनाएको मानव जीवनलाई यो तीजले व्यस्थित बनाउन सकोस् । सबैलाई तीजको शुभकामना ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )