सयपत्री फूलमा भारतकै भर

सयपत्री फूलमा भारतकै भर

बिर्तामोड । नेपाल अझैपनि सयपत्री फूलमा आत्मनिर्भर हुन सकेको छैन ।

 

 

नेपालमा चाहेजति व्यवसायिक सयपत्री फूल खेती नहुँदा हरेक वर्ष सयपत्री फूल खरिदका लागि लाखौं रुपैयाँ विदेशिने गरेको छ । नेपालमा सवैभन्दा बढी भारतबाट सयपत्री फूल आयत हुने गरेको छ ।सयपत्री फूलमा आत्मनिर्भर हुन नसक्दा सयपत्री फूल खरिदका लागि अझै भारतको भर पर्नुपरेको हो ।
सयपत्री फूलको मालाका लागी भारतबाट सयपत्री फूल आयात गर्नुपर्ने अवस्था रहेको व्यापारीहरु बताउँछन् ।

चाडपर्व शुरु भएसंगै नेपालमा सयपत्री फूलको माग बढ्ने गरेको र सयपत्री फूल खरिदका लागी नेपाली व्यापारीहरुको भारतका बजारमा चहलपहल बढ्ने गरेको छ ।तिहारलगायतका चाडपर्वका बेला पूजा गर्न र मालाका लागि प्रयोग हुने सयपत्रीको माग बढ्ने भएकाले सयपत्री फूल आयात गर्न भारतकै भर पर्नुपर्ने अवस्था रहेको व्यवसायीहरू बताउँछन् ।

नेपालको पूर्वी काँकरभिट्टा नाकाबाट मात्र सयपत्री फूलका लागि वर्षेनी लाखौं रुपैयाँ विदेशिने गरेको सरकारी तथ्याङ्क छ ।गत आर्थिक वर्ष २०७७÷०७८ मा पूर्वी काँकरभिट्टा नाकाबाट मात्र ४१ लाख २८ हजार रुपैयाँ मुल्य बराबरको ४३ मेट्रिक टन सयपत्री फूल आयात भएको क्वारेन्टिन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख देविन्द्र साहुले बताए ।गत आर्थिक वर्ष २०७६÷०७७ मा ९ लाख ९६ हजार रुपैयाँ मुल्य बराबरको १६ मेट्रिक टन सयपत्री फूल आयात भएको उनले बताए ।

क्वारेन्टिन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख देविन्द्र साहुका अनुसार पूर्वी काँकरभिट्टाका नाकाबाट अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ को तुलनामा गत आर्थिक वर्ष २०७७÷०७८ मा सयपत्री फूलको आयात १३ दशमलव ५७ प्रतिशतले वृद्घि भएको छ ।
त्यस्तै पूर्वी नाका काँकरभिट्टा भएर अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा ५ लाख ६० हजार रुपैयाँ मुल्य बराबरको १० मेट्रिक टन सयपत्री फूल आयात भएको उनले जानकारी दिए ।
नेपालमा सयपत्री फूलको माग दिनप्रतिदिन बढ्दै गएको र प्रयाप्त मात्रामा सयपत्री फूलको खेती नहुँदा मालाका लागि सयपत्री फूल अझै भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको उनले जनाए ।सयपत्री फूलको खेती गरी त्यसको बिक्रीबाट मनग्यै आम्दानी लिन सकिन्छ भन्ने चेतना किसानहरुमा फैलाउन सके सयपत्री फूलमा आत्मनिर्भर हुन सकिने क्वारेन्टिन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख देविन्द्र साहुले बताए ।

सरकारले सयपत्री फूलको खेती विस्तार र बजारीकरणका लागि प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरी किसानहरुलाई सुविधा दिएर प्रोत्साहन गरे सयपत्री फूलको आयात प्रतिस्थापन हुन सक्ने उनले जनाए ।त्यस्तै स्थानीय र प्रदेश सरकारलाई घच्घच्याएर पुष्प विकासका लागि बिषेश कार्यक्रम सञ्चालन गर्न प्रेरित गर्नुपर्नेमा उनले जोड दिए ।
पछिल्लो समय झापामा व्यवसायिक रुपमा सयपत्री फूलको खेती शुरु गरेपनि त्यो प्रयाप्त छैन।झापामा कति हेक्टर जमिनमा सयपत्री फूल खेती लगाइएको छ त्यो बारेमा कृषि ज्ञान केन्द्र झापा बेखबर रहेको कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थ विज्ञ शालिकराम भट्टराईले जानकारी दिए ।

झापाको मेचीनगर, विर्तामोड, अर्जुनधारा दमक लगायतका पालकिाहरुमा व्यवसायिक रुपमा सयपत्री फूलको खेती हुने गरेको भएपनि कृषि ज्ञान केन्द्र झापासंग यसको आधिकारिक तथ्याङ्क नरहेको कृषि अर्थ विज्ञ भट्टराईले बताए ।
नेपालमा ३० लाख ९१ हजार हेक्टर खेतीयोग्य जमिन रहेकोमा १ सय ५५ हेक्टर क्षेत्रफलमा पुष्पखेती गरिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )