साहित्यकार , गीतकार तथा मोडल भगवति ढुंगेल सम्मानित

साहित्यकार , गीतकार तथा मोडल  भगवति ढुंगेल सम्मानित

बिर्तामोड । झापा विर्तामोड–१ निवासी साहित्यकार , गीतकार तथा मोडल भगवति ढुंगेल इटहरीमा सम्मानित भएकी छिन् ।

पेस्को इन्टरटेन्टमेन्ट इटहरीले सामाजिक, साहित्यिक, कलाकारीता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै साहित्यकार , गीतकार तथा मोडल भगवति ढुंगेललाई सम्मान गरेको हो ।

पेस्को इन्टरटेन्टमेन्ट इटहरीको आयोजनामा भएको तीज आइकन फोटो कन्टेस्ट २०७८ को फाइनल प्रतियोगितामा साहित्यकार , गीतकार तथा मोडल भगवति ढुंगेललाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा माया घरकी सचिव  सुब्जद्रा प्याकुरेललाई समेत सम्मान गरिएको थियो ।

नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङको अध्यक्षता तथा वरिष्ठ कलाकार प्रेम सुब्बाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निर्माता किशोर सम्बाहाम्फे, मुना खड्का पौडेल , मनिता तामाङ , गायिका,नायिका विष्णु चेम्जोङ,मोडल चन्दा दहाल, मोडल जनक खड्का लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको सञ्चालन मनु खड्काले गरेकी थिइन् ।

विर्तामोड–१ निवासी साहित्यकार , गीतकार तथा मोडल भगवति ढुंगेलका उपन्यासहरु ‘आधा सत्य’ ‘प्रेमिल’ ‘प्रेमकुण्ड’ कविता तथा मुक्तक संग्रह‘देश र आमा’ र ‘मधुशाला बन्यो’  ‘हाँसौ कसरी’ ‘न पिउँत’ ,‘ नजाउ भिडमा तिमी’ , ‘ भमरा भए उडेर आउथें’ ,‘आफ्नो खुशी ’ बोलको गीत र म्युजिक भिडियो समेत सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )