तीज आइकन फोटो कन्टेस्ट को उपाधी लेप्चालाई ,झापाकी प्रसाईं दोस्रो

तीज आइकन फोटो कन्टेस्ट  को उपाधी लेप्चालाई ,झापाकी प्रसाईं दोस्रो

 

बिर्तामोड , पेस्को इन्टरटेन्टमेन्ट इटहरीको आयोजनामा भएको तीज आइकन फोटो कन्टेस्ट २०७८ को उपाधी अनुजा लेप्चाले हात पारेकी छिन् ।

 

तीज आइकन फोटो कन्टेस्टका लागी छनौट भएका टप २० मध्येबाट सबैभन्दा बढी एसएमएस भोटिङ र फेसवुक पेज लाइक,कमेन्ट, सेयरका आधारमा सूर्योदय नगरपालिका ८ इलामकी लेप्चाले उपाधी हात पारेकी हुन् ।

 

त्यसैगरी प्रतियोगितामा झापा बिर्तामोड ५ की मुना प्रसाईंले दोस्रो स्थान हासिल गरिन् भने  इटहरीकी मोनिका बोहराले तेस्रो स्थान हासिल गरिन् ।

नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङको अध्यक्षता तथा वरिष्ठ कलाकार प्रेम सुब्बाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निर्माता किशोर सम्बाहाम्फे, मुना खड्का पौडेल , मनिता तामाङ , गायिका,नायिका विष्णु चेम्जोङ,मोडल चन्दा दहाल, मोडल जनक खड्का लगायतको आतिथ्य रहेको थियो ।

प्रतियोगिताका बिजेतालाई नगद २५ हजार , दोस्रोलाई १० हजार र तेस्रोलाई ५ हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन मनु खड्काले गरेकी थिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )