नेकपाको फुट र नेपाली राजनीतिको अस्थिरता

नेकपाको फुट र नेपाली राजनीतिको अस्थिरता

 

सुरञ्जन घिमिरे

आम निर्वाचन आउन १७ महिना बाँकी छँदा देशको ठूलो कम्युनिस्ट पार्टी फुट्यो । संसद्मा दुई तिहाइ बुहमत रहेको पार्टी फुट्दा अहिले देशको राजनीति अस्थिर बनेको छ । ०७४ सालको निर्वाचनअघि नेकपा माओवादी केन्द्र र नेकपा एमालेले गठबन्धन गरेर निर्वाचनमा होमिएका थिए । कम्युनिस्टहरूलाई सत्तामा पु¥याउन र कम्युनिस्ट सरकार बनाउन जनताले वाम गठबन्धनलाई खुसीसाथ भोट पनि दिए । स्थानीय तह, प्रदेश र केन्द्रमा बहुमतसहित विजयी भएको दुई पार्टीको वामगठबन्धन ३ जेठ ०७५ मा एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी बनेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सो पार्टीलाई ‘बोइङ’ र नेतृत्वकर्ता आफूहरूलाई सोही बोइङको ‘पाइलट’ भनेर अ¥थ्याउँथे ।

३ फागुन ०७४ मा नेकपाको नेतृत्व गर्दै ओली प्रधानमन्त्री नियुक्त भए र नेकपाको सरकार गठन भयो । नेकपा नेतृत्वको सरकार गठनपछि जनतामा स्थिर राजनीतिको आशा जागेको थियो । यो स्वभाविक पनि थियो किनकि, प्रजातन्त्र प्राप्त भएपछि मुलुकमा एउटै दलको सुविधाजनक बहुमतमा पहिलो पटक नेकपाको सरकार बनेको थियो ।

 

नेकपा संसदीय दलका नेतासमेत रहेका तत्कालीन प्रधानमन्त्री ओलीले देश विकासको आश्वासनमा यस्ता भाषण दिए कि सुरुमा ती भाषण जनताले केही पत्याए पनि विस्तारै पत्याउन छोडे । हो उनले फुस्रो भाषणमात्रै त दिएका थिएनन्, आर्थिक विकासको आधारभूत जगमा केही विकासका काम भएका थिए, मन्त्रिपरिषद्ले पूर्णता पाएको थियो, निजामति कर्मचारी, प्रहरी, सेनाको परिचालन देखिने गरी भएको थियो । सामाजिक सुरक्षका क्षेत्रमा केही उल्लेखनीय काम भएका थिए । तर ठूलो पार्टीभित्र उत्पन्न समस्याको असर अन्ततः नेकपाको सरकारमै प¥र्यो । नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई ओलीले पार्टीमा समान हिस्सेदारी नदिएको, झलनाथ खनाल र माधव नेपाललाई दबाबमा राख्न खोजेको, राजनीतिक नियुक्ति र पार्टीका विभाग र कमिटीमा आफ्नो गुटलाई पक्षपोषण गरेको भन्दै प्रचण्ड, खनाल र नेपालले सरकार बनेकै केही महिनादेखि सचिवालय बैठकमा आवाज उठाउँदै आएका थिए । उनीहरूको त्यही विद्रोहको स्वर विस्तारै मुखरित हुँदै गयो, जसले नेकपाको फुट गरायो ।
५ पुस ०७७ मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुको कारण र परिणामबारे अहिले दुईथरि कोणबाट विश्लेषण भएको छ । प्रतिनिधिसभा विघटनलाई माधव नेपालनिकट नेताहरू लोकतन्त्र निमोठ्न खोज्ने ओलीको दुष्प्रयासको कारणभन्छन् भने ओलीनिकट नेताहरूपार्टी र संसद्भित्रको अस्वस्थ प्रतिष्पर्धा र तिकडमबाजीको परिणाम हो भन्ने तर्क गर्छन् ।

४ मंसिर ०७४ मा बसेको सचिवालय बैठकले प्रचण्डलाई नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको थियो । तर प्रचण्डको सो पदलाई ओलीले स्वीकार गर्न नसक्दा प्रचण्ड ओलीविरुद्ध उत्रिनका लागि खनाल र नेपालसँग लागेको स्पष्टै देखिएको छ । प्रतिनिधिसभा विघटनपछि नेकपाबाट खनाल र नेपालसँगै बाहिरिएका प्रचण्डले धेरै भाषणमा भन्दै आएका छन्, ‘बैठकमा पहिले अध्यक्षका लागि दुईवटा कुर्सी थिए, तर ओलीले म बस्ने कुर्सी त अरू साथीहरूको लहरतिर पो सारिदिएछन् । ठिकै छ म बहुमत साथीहरूतिरै बस्न पाएँ भनेर म माधवजी, झलनाथजीहरूसँग भन्थेँ ।’ पार्टीभित्रको यस्तै विवादका कारण अन्ततः ओलीले प्रतिनिधिसभा विघटन गरेर वैशाखमा आमनिर्वाचनको घोषणा गरे । तर ११ फागुनमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापित गर्दै २३ फागुनमा बैठक बस्ने निर्देशनात्मक आदेश दियो । सर्वोच्चको फैसलापछि अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको थियो, तर सर्वोच्चको अर्को फैसलाले बैठक प्रभावित पारिदियो । सर्वोच्चको त्यो फैसलाले– नेकपा नामको पार्टी पहिले नै दर्ता भइसकेको देखिएकाले ओली र प्रचण्डलाई पुनः नयाँ दल दर्ताका लागि १५ दिनको समयसीमा तोक्यो । तर झण्डै दुई महिनाको यो अन्तरालमा ओली र प्रचण्डबीच यत्ति तिक्तता बढेको थियो कि उनीहरू नयाँ दल दर्ता गर्नभन्दा पुरानै घरमा फर्किन चाहे । त्यसैले प्रचण्ड माओवादी केन्द्रको अध्यक्ष बनेर पेरिसडाँडा फर्किए भने ओली एमालेको अध्यक्षको हैसियतले धुम्बाराहीतिर लागे । दुई ‘पाइलट’ अलग गन्तव्यले सरकार गठनको नयाँ प्रक्रिया अब सुरु हुन थाल्यो । यतिबेला खनाल र नेपाल भने न पेरिसडाँडा जानसके न धुम्बाराहीतिर आफ्नो स्थान पाए ।

उनीहरूले तत्कालका लागि सडक संघर्ष जारी राख्दै देशभर एमालेको समानान्तर कमिटी गठनमा लागे । खनाल–नेपालले समानान्तर कमिटी गठन गरेको ठहर गर्दै एमाले अध्यक्ष ओलीले १० जेठ ०७८ मा नेपालसहित ११ नेतालाई कारबाही गर्दै पार्टीबाट निस्काशित गरिदिए । यसपछि संसद्मा दुई तिहाइ बहुमत भएको पार्टीको वशर्चश्व धुलिसात हुन पुग्यो । प्रचण्ड र नेपाल पक्षमा ६ जना मन्त्रीले त ओलीले प्रतिनिसिभा विघटन गरेलगत्तै राजीनामा दिएका थिए । सरकारलाई नयाँ ढंगबाट पूर्णता दिन ओलीले अब धेरै कसरत गर्नुपर्ने देखियो । नेपालमा अहिले अस्थिर राजनीति देखिनुमा नेकपाको फुट नै प्रमुख कारक देखिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )