भजन गायक श्रेष्ठले ल्याए श्रीगणेश र शिवको आरती भजन

भजन गायक श्रेष्ठले ल्याए  श्रीगणेश र शिवको आरती भजन

बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक तथा संरक्षक तथा भजन गायक देवीभक्त श्रेष्ठको आफ्नै रचना ,संगीत र गायनमा तयार गरिएको भगवान श्रीगणेश र शिवको आरती भजन विमोचन तथा छायाङ्कन गरिएको छ ।

 

पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा गणेश चर्तुथी पर्वको अवसरमा आयोजित गणेश महोत्सवमा उक्त भजनको विमोचन तथा छायाङ्कन गरिएको हो ।

अर्जुनधारा जलेश्वर धामका मूल अर्चक अग्नीप्रसाद सिग्देल र साहित्य चौतारी बिर्तामोड झापाकी संरक्षिका उर्मिला विमली श्रेष्ठले उक्त आरती भजनको विमोचन तथा छायाङ्कन शुभारम्भ गरे ।अर्जुनधारा जलेश्वर धामका मूल अर्चक सिग्देलले पाञ्चजन्य शंखनाद गरेर गुरु तथा वटुकहरुले स्वस्ती वाचन गरी भगवान गणेश र शिवको आरती भजनको विमोचन तथा छायाङ्कन शुभारम्भ गरिएको थियो ।

पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धामको ऐतिहासिक , धार्मिक, पौराणिक, पुरातात्विक, प्राकृतिक सुन्दरताको चर्चा गरिएको भगवान गणेश र शिवको आरती भजनले त्यस क्षेत्रको धार्मिक पर्यटनको श्रीवृद्धि गरी भक्तजनलाई पूर्ण सन्तुष्टि दिने भजन गायक श्रेष्ठले बताए । नेपाली भाषामा तयार गरिएको आरती भजनमा भगवान गणेश र शिवको महिमा र गुणानुवाद गरिएको उनले बताए ।

भजन गायक देवीभक्त श्रेष्ठको स्वर रहेको भगवान गणेश र शिवको आरती भजनमा प्रिस्किला राई, विनिसा तामाङ , पंकज सिग्देल, रंगनाथ खनालको कोरष रहेको छ ।त्यस्तै रेकर्डिङ तथा एरेञ्ज पंकज अडियो डिजिटल रेकर्डिङ स्टुडियोको रहेको छ भने आरती भजनको छायाङ्कन सुवास लिम्वूले गरेका हुन् ।

त्यस्तै पदम तामाङको मेकअप र रोहित लाम्गादेको कोरियोग्राफि रहेको आरती भजनमा भजन गायक देवीभक्त श्रेष्ठ , उर्मिला विमली श्रेष्ठ, साहित्य चौतारी बिर्तामोड झापाका कोषाध्यक्ष भवानीप्रसाद गौतम, प्रेस सल्लाहकार तुलसीप्रसाद निरौला , अर्जुनधारा जलेश्वर धामका मूल अर्चक अग्नीप्रसाद सिग्देल , पंडित होमनाथ भण्डारी, अर्जुनधारा जलेश्वर धामकी सदस्य सुशीला सुवेदी, चन्द्रा ओली, दिया काफ्ले, र अर्जुनधारा जलेश्वर धामका गुरु तथा वटुकहरुको अभिनय रहेको छ ।

आरती भजनमा साहित्य चौतारी बिर्तामोड झापाको संयोजन , होटल हिकोला हेरिटेज बिर्तामोडको प्रायोजन र हिकोला कलर ल्याव बिर्तामोडका प्रमुख कुमार श्रेष्ठसहितको टीमको फोटोग्राफिसहित प्राविधिक सहयोग रहेको छ ।

यसअघि श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर कति राम्रो धाम कृष्ण थुम्की वोलको भजनको विमोचन तथा छायाङ्कन गरिएको थियो । त्यस्तै नेपालीहरुको महान पर्व नवरात्रसहितको विजयादशमीलाई लक्षित गर्दै दुर्गा भगवतिको नेपाली आरती भजनको तयारी गरिएको गायक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )