विपन्न विद्यार्थीलाई सरगमको शैक्षिक सामग्री

विपन्न विद्यार्थीलाई सरगमको शैक्षिक सामग्री

बिर्तामोड । ५७ औं अन्तर्राष्टिय बाल दिवसको अवसर पारेर सरगम संगितालय बिर्तामोडले बिपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

सरगम संगितालयका प्रवन्ध निर्देशक दीपक रायामाझीको पहलमा सरगम संगितालयका विद्यार्थीको सहभागितामा बाह्रदशी गाउँपालिका वडा नं ५ बुधवारे बजारमा ४३ जना विपन्न परिवारका बिधार्थी बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।

विपन्न परिवारका विद्यार्थीलाई अध्ययन अध्यापनमा सहयोग गर्ने उद्धेश्यले कापी,कलम,पेन्सील लगायतका शैक्षिक सामग्री वितरण गरिएको प्रवन्ध निर्देशक रायमाझीले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )