बुधबारे जेसीजको भवन निर्माण र जेसीज सप्ताह शुभारम्भ

बुधबारे जेसीजको  भवन निर्माण र  जेसीज सप्ताह शुभारम्भ

बिर्तामोड । बुधबारे जेसीजले भवन निर्माण शुरु गरेर जेसीज सप्ताह शुभारम्भ गरेको छ ।

 

 

जेसीज सप्ताह कार्यक्रम मूल संयोजक मुकेश भट्टराईको संयोजकत्वमा बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्वमा तथा बुधबारे जेसीजका संस्थापक अध्यक्ष तथा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

बुद्धशान्ति १ को नमूना चोकमा निर्माण शुरु भएको बुधबारे जेसीजको भवन निर्माणका लागि बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मिरा भूर्तेलले यस अघि नै शिलान्यास गरेको भवन निर्माण उपसमितिको संयोजक नन्दकुमार याफू राईले बताए ।

स्थानीय शिक्षासेवी ज्ञानेन्द्रप्रसाद घिमिरेले आप्mनी स्वर्गीय आमा छलिमाया घिमिरेको स्मृतिमा बुधबारे जेसीजको भवन निर्माणका लागि जग्गा निशुल्क उपलब्ध गराएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताए । बुधबारे जेसीजले भवन निर्माणका लागि ‘मेरो पनि योगदान छ’ कार्यक्रम मार्फत सहयोग जुटाइरहेको र बुधबारे जेसीजको भवन निर्माणका लागि १८ लाख भन्दा बढी रकमको प्रतिबद्धता भइसकेको उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, भवन निर्माण समितिका संयोजक नन्दकुमार याफू राई, जग्गादाता ज्ञानेन्द्र घिमिरे, प्याव्सन बुद्धशान्तिका सचिव बुद्धिकान्त अधिकारी, नेपाल दलित संघका केन्द्रीय सदस्य नरेन्द्र शंकर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम संयोजक भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रममा जेसीज आश्था पाठ कानुनी सल्लाहकार गजुहाङ योङहाङले बाचन गरेका थिए ।

 

 

कार्यक्रमको औचित्य माथि अध्यक्ष वाग्लेले प्रकाश पारेका थिए भने कार्यक्रममा पूर्व अध्यक्षहरु प्रकाश भण्डारी, रमेश बराल, हेमन्तराज बराल सहित बोर्ड पदाधिकारीको आतिथ्यता थियो । कार्यक्रमको सञ्चालन महासचिव सुजित बरालले गरेका थिए ।

जेसीज सप्ताह अन्तर्गत भदौ ३१ गते विहिबार बुद्धशान्ति–२ को जयपूर चोकमा गोकुल पौड्यालको संयोजकत्वमा स्लो मोटरसाइकल रेस, असोज १ गते झापा इलामको बोर्डर कलशमा उपाध्यक्ष पर्शुराम भट्टराईको संयोजकत्वमा जेसीज बोर्ड राख्ने असोज २ गते बुद्धशान्ति उद्योग वाणिज्य संघ बुधबारेको सभाहलमा उमेश भट्टराईको संयोजकत्वमा शेयर बजार तालिम, र बुलेट किँरातीको संयोजकत्वमा बुद्धशान्ति ४ बर्नेको खेलमैदानमा बुद्धशान्ति गाउँपालिका र बुधबारे जेसीज बीच मैत्रीपूर्ण फुटबल खेल , असोज ३ गते राज पौड्यालको संयोजकत्वमा जगद्गुरु जन्मस्थल देखि बुद्धशान्ति ४ को बौद्ध गुम्बासम्म साइक्लिङ तथा ४ गते उपाध्यक्ष रुद्र निरौलाको संयोजकत्वमा स्वास्थ्य चौकी शान्तिनगरमा रक्तदान कार्यक्रम गरिने बुधबारे जेसीजका महासचिव सुजित बरालले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )