झापामा दुर्घटना न्यूनीकरण महाअभियान

झापामा दुर्घटना न्यूनीकरण महाअभियान

बिर्तामोड । पछिल्लो समय झापामा सवारी दुर्घटना बढेको छ । झापामा हुने सवारी दुर्घटनाको कारण मूलतः सवारी चालकको लापर्वाही नै देखिएको छ ।

 

सवारी चालकलाई जिम्मेवार बनाएर दुर्घटना न्यूनीकरणमा टेवा पुर्याउने उद्धेश्यले झापामा दुर्घटना न्यूनीकरण महाअभियान २०७८ सञ्चालन भएको छ ।
वीरता जेसीजको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको सहकार्यमा बिर्तामोडको नयाँ बसपार्कमा उक्त अभियान सञ्चालन गरिएको हो ।

वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत तथा पञ्चकन्या मर्निङवाक गु्रपको परिकल्पनामा पाँच वर्षअघि हरेक वर्ष असोज २ गते दुर्घटना न्यूनीकरण महाअभियान सञ्चालन गर्ने घोषणा गरिएको र हालसम्म यसलाई निरन्तरता दिँदै आएको वीरता जेसीजले जनाएको छ ।

वीरता जेसीजका अध्यक्ष राजीव धिमालको अध्यक्षता तथा इलाका प्रहरी कार्यालय झापाका डीएसपी सन्तोष आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दुर्घटना न्यूनीकरण महाअभियानका संयोजक दिवाकरलाल चौधरीले स्वागत गरेका थिए ।

 

कार्यक्रममा हालसम्म सवारी साधन दुर्घटना नगराउने पूर्वचालक धर्म बस्नेत र बृहस्पति घिमिरे शर्मालाई खादा,नगद र सम्मानपत्रले सम्मान गरिएको थियो ।
त्यस्तै विभिन्न एक सयभन्दा वढी सवारीसाधनका चालकलाई खादा र अविर पहिर्याएर सम्मान गरिएको थियो भने लामो तथा छोटो दुरीका पाँच सय भन्दा वढी सवारीसाधनहरुमा दुर्घटना न्यूनीकरणका लागी बिभिन्न चेतनामुलक नारा लेखिएका स्टीकर टाँस गरिएको थियो ।

त्यस्तै कार्यक्रमका सहभागीले सबै चालकहरुलाई आजका दिनसम्म राम्रोसँग गाडी चलाएकोमा धन्यवाद दिँदै अबका दिनमा अझ जिम्मेवारीपूर्वक गाडी चलाएर दुर्घटना न्यूनीकरणमा टेवा पुर्याउन आग्रह गरेका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी आचार्यले दुर्घटना न्यूनीकरणका लागि जनचेतना र सकारात्मक सन्देश प्रवाह गर्न वीरता जेसीजले शुरु गरेको दुर्घटना न्यूनीकरण महाअभियान प्रभावकारी भएको बताए ।

 

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी , बिर्तामोड ६ का वडा सदस्य एन्विन्द्र खत्रीलगायतले महाअभियान उत्कृष्ठ भएको भन्दै वीरता जेसीजको प्रशंसा गरेका थिए ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख निशेष चापागाईं, नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्य यादव ओली ,लगायतको सहभागिता रहेको थियो । वीरता जेसीजका उपाध्यक्ष अमरजीत शाहले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन महासचिव एलसी श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus ( )