एसएनजेडीद्वारा मेची अस्पताललाई स्वास्थ्य सामग्री

एसएनजेडीद्वारा  मेची अस्पताललाई  स्वास्थ्य सामग्री

बिर्तामोड । अष्टेलियन गभरर्मेन्ट डिपार्टमेन्ट अफ फरेन अफेयरर्स एण्ड टे«ड र लुथरन वल्र्ड फेडेरेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कोभिड –१९ इमर्जेन्सी रेस्पोन्स फर नेपाल परियोजना अन्तर्गत न्याय तथा विकासका लागि सामाजिक सञ्जाल झापा(एसएनजेडी)ले मेची अञ्चल अस्पताल भद्रपुरलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

 

 

एसएनजेडीले मेची अञ्चल अस्पताल भद्रपुरलाई पीपीई सेट ७० थान , सर्जिकल ग्लोवस् ५ सय जोडी , अक्सीमिटर २० थान , प्यासेन्ट मनिटर एक थान र वाइप्याप  एक थान प्रदान गरेको हो ।

उक्त सामग्री मेची अञ्चल अस्पतालका मेडीकल सुपरीटेन्डेन्ट डा. टंकप्रसाद बारकोटी , जिल्ला समन्वय समिति भद्रपुरका प्रमुख तथा मेची अञ्चल अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेललाई एसएनजेडीका अध्यक्ष सोमनाथ भट्टराई, कार्यक्रम संयोजक कुमार चुडाल , लुथरन वल्र्ड फेडेरेसन नेपालकी कार्यक्रम अधिकृत सपना प्रधानलगायतले प्रदान गरेको एसएनजेडीका कार्यक्रम अधिकृत रञ्जन धमलाले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )