‘ रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’ को टप १५ मा कृपा

‘ रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’ को टप १५ मा कृपा

बिर्तामोड । नेपालमै पहिलोपटक आयोजना भइरहेको नेपालकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय गायन रियालिटी शो ‘ रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’ को टप १५ मा झापा विर्तामोड –२ चारपानेकी १४ वर्षीया वालगायिका कृपा पौडेल छनौट भएकी छिन् ।

हरेक शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी फोरके र डोको युट्युब च्यानलबाट प्रसारण भइरहेको ‘ रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’ को विभिन्न अडिसनमा देश तथा विदेशबाट सहभागी ३५ हजार पाँच सयभन्दा बढी बाल प्रतियोगीबाट उनी टप १५ मा छनौट भएकी हुन् ।

गतवर्ष १३ वर्षकै उमेरमा शिव ताण्डव स्तोत्र पाठ गरी म्युजिक भिडियो समेत निकालेर चर्चा बटुलेकी कृपाले ‘ रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’मा पनि सहभागी भएर मेगा राउन्डमा अब्बल प्रस्तुति दिएर निर्णायक र ग्राण्ड जुरी मेम्बरको वाहवाही पाइरहेकी छिन् ।

सुरीलो स्वरकी धनी कृपाले ‘ रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’ को हरेक इपीसोडमा निर्णायकहरु न्हु बज्राचार्य, इन्दिरा जोशी , कालीप्रसाद बाँस्कोटा र १५ जना ग्राण्ड जुरी मेम्बरहरु धर्मेद्र शेवान, विक्रम बराल, निशान भट्टराई, रवि ओड, सिडी विजय अधिकारी, प्राश्ना शाक्य, टीका प्रसाई, निशा देशार, किश्वर थापा, उदेश श्रेष्ठ, विषण योञ्जन, सरिता मिश्रा, मेनुका पौडेल, विश्व नेपाली र हर्क साउदको मन जित्न सफल भइरहेकी छिन् ।

बुवा कुमार पौडेल तथा आमा अनिता पौडेलकी सुपुत्री उनी चारपाने विर्तामोडस्थित मोहनमाया माविमा कक्षा ९मा अध्ययनरत् विद्यार्थी हुन् ।
विर्तामोडमा रहेको सरगम संगीतालय र सप्तक म्युजिक क्लास बिर्तामोडमा संगीत सिक्दै गरेकी उनले साहित्य चौतारी लगायत बिभिन्न संघसस्थाहरुको आयोजनामा झापामा हुने विविध कार्यक्रममा समेत गीत गाएर दर्शक तथा श्रोतालाई मन्त्रमुग्ध पार्थिन् ।

सांगीतिक क्षेत्रकी उदियमान वालगायिका कृपा ‘ रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’ को उपाधि जितेर झापाको नाम देश तथा विदेशमा फैलाउने बताउँछिन् ।
‘ रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’मा सहभागी भएर मेगा राउन्डमा अब्बल प्रस्तुति दिएकी कृपालाई विजेता बनाउन भोटको जरुरी भएको छ ।
तिहारपछि शुरु हुने भोटिङ राउण्डमा सहभागी भएर आफूलाई विजेता बनाउन उनले सवैसंग आग्रह गरेकी छिन् ।

‘ रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’ कार्यक्रमको सञ्चालन रिमा विश्वकर्मा र यमन श्रेष्ठले गरिरहेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )