गुणस्तरीय कृषि सहकारी संस्थाको छैठौं सभा

गुणस्तरीय कृषि सहकारी संस्थाको छैठौं सभा

बिर्तामोड । गुणस्तरीय कृषि सहकारी संस्था लिमिटेड बिर्तामोड –१ झापाको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष गुरुप्रसाद अधिकारीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष अग्निप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत सल्लाहकार संयोजक गोपालप्रसाद लामिछानेले स्वागत गरेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी निरीक्षक डिल्ली दाहाल, पूर्णिमा कृषि सहकारीका अध्यक्ष छविलाल विश्वकर्मा, स्वरोजगार भवानी साकोसका अध्यक्ष केशव बस्नेत, झापा जिल्ला सहकारी संघकी सदस्य चन्द्रकला अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर सदस्य एक सय ३९ जना , शेयर पूँजी ४४ लाख ४६ हजार ६ सय रुपैयाँ , निक्षेप ५१ लाख २९ हजार ७ सय ४५ रुपैयाँ , ऋण प्रवाह ९३ लाख ८ हजार ४२ रुपैयाँ , आम्दानी १४ लाख ९९ हजार एक सय ९१ रुपैयाँ , खर्च १२ लाख ६० हजार ५ सय १३ रुपैयाँ १४ पैसा, नाफा दुई लाख ३८ हजार ६ सय ७७ रुपैयाँ ८६ पैसा नाफा गरेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले आगामी आर्थिक वर्षमा शेयर लाभांश वितरण, संरक्षित पुँजीकोष वितरण, सुत्केरी पोषण कार्यक्रम, समवेदना र राहत कार्यक्रम, कृषि सामग्री व्यवस्थापन, कौसीखेती, कृषि कर्जालाई प्राथमिकता, कृषि उद्यमी पुरस्कार लगायतका दर्जनौँ कार्यक्रम तथा योजनाहरु अघि सारेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा उत्कृष्ट वचतकर्ता यसोदा ढकाल र असल ऋणी देवीमाया खरेललाई पुरस्कृत गरिएको थियो । सोही कार्यक्रममा मिना चौहान थापा, चन्द्रप्रकाश रत्न दर्जी, कमलादेवी पाण्डे, र याम खरेललाई नयाँ शेयर सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव कर्णबहादुर पौडेलले गरेको उपाध्यक्ष केदार ढुंगानाले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )