बिसे नगर्चीलाई खोज्दै गोरखा पुग्दा

बिसे नगर्चीलाई खोज्दै गोरखा पुग्दा

 

                 बीरु दर्नाल
राज्य एकीकरणमा विसे नगर्चीको पहिलो योगदान थियो र उनी राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार हुन् भन्ने ऐतिहासिक किम्बदन्ती रहेको छ ।
राजा पृथ्वीनारायण शाहसंगै जोडिएका नगर्चीको योगदान बारेमा जति चर्चा र जानकारी आउनु पथ्र्यो त्यो पर्याप्त नभएको वर्तमानको अवस्थामा उनलाई नजिकबाट थप अध्ययन गर्न झापाली सञ्चारकर्मीको एक टोली यही कात्तिक २३ गते बिहान गोरखाको भ्रमणमा गएको थियो । उनीहरुलाई गोरखासम्म पुर्याउने आयोजक थियो– गोर्खा फाउण्डेशन बिर्तामोड ।

विसेको योगदानलाई चिरस्मरण राख्न र युवापुस्ता माझ जानकारी रहिरहोस् भन्ने उद्धेश्यले विसे नगर्चीको नामलाई जोडेर विभिन्न बिधामा रहेर समाजमा विशिष्ट योगदान पुर्याउनु हुने ब्यक्तित्वलाई सम्मान गरिने उद्धेश्यले गोर्खा फाउण्डेशनले झापामा हरेक वर्ष विसे नगर्ची समर्पण सम्मान कार्यक्रम गरिने घोषणा गर्यो । यहि पुस महिनामा गरिने विसे नगर्ची समर्पण सम्मान कार्यक्रम भएकोले इतिहासदेखी लुकाईएका एक ऐतिहासिक पात्रको योगदानको बारेमा हाम्रो समाजले अझै प्रष्टसंग बुझ्न आवश्यक छ भन्ने उद्देश्यले सञ्ंचारकर्मीको टोली गोरखा जिल्ला जाने योजना बनेको थियो ।

 

यही कात्तिक २३ गते बिहान झापाको बिर्तामोडबाट १६ जना सञ्चारकर्मीको टोली गोरखातर्फ प्रस्थान गरेको थियो । राज्य एकिकरणका ऐतिहासिक पात्र भएकाले उक्त टोली गोरखा प्रस्थान गर्नुअघि नेपाली काँग्रेस बिर्तामोडका अध्यक्ष भोजराज सिटौला , एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई , राप्रपाका केन्द्रिय सदस्य राजकुमार पोखरेल , बिर्तामोड नगरपालिका ४ का वडा अध्यक्ष कुलप्रसाद संग्रौला , बिर्तामोड साना शहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङ , सिके चिन्तन प्रतिष्ठानका संरक्षक विवेककेशरी प्रसाईं , निर्माण ब्यवसायी शेरबहादुर थापा , युवा समाजसेवी रोहित प्रसाईं , परियार समाजका अगुवा टिकाराम शिवा , पत्रकार महासंघ झापाका कार्यबाहक सभापति केशव भट्टराईले हामीलाई बिर्तामोडबाट फुलका गुच्छा , खादा तथा आवश्यक बाटो खर्चसमेत समर्पण गर्नु भएर बिदाई गर्नु भएको त्यो न्यानो क्षण बिर्सन सकिन्न ।

विसे नगर्चीको शालिक निर्माण ब्यवस्थापन समितिका सचिव सोमबहादुर अछामीले गोरखाका मेयर राजनराज पन्त तथा उपमेयर बिनाकुमारी श्रेष्ठसंग अन्तरक्रिया गर्नेदेखि लिएर हामी बस्ने होटलको ब्यवस्थापन गर्नु भएको थियो । १२ घण्टाको लामो यात्रा पूरा गर्दै ९ बजे राती गोरखा पुगेको हाम्रो टोलीले २४ गते बिहान ८ः३० बजेदेखि अन्तरक्रिया सम्पन्न गर्यो । गोरखा नगरपालिकाका मेयर राजनराज पन्त , उपमेयर बिनाकुमारी श्रेष्ठ , विसे नगर्ची शालिक निर्माण समितिका अध्यक्ष खड्गमान श्रेष्ठ , सचिव सोमबहादुर अछामी , विसे नगर्चीका दरसन्तानसंग गरिएको अन्तरक्रियाबाट हाम्रो टोली विसेको योगदानको बारेमा पुर्ण विश्वस्त भैसकेको थियो ।

विसेको ऐतिहासिक योगदानलाई लुकाईएको थियो र त्यसलाई स्थापित गर्न आफ्नो पहलमा नै शालिक निर्माण गरि आवश्यक बजेट बिनियोजन गरिएको बताउनु भयो गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले । विभिन्न आरोह अवरोहका विच पनि ०७५ सालमा आफुले शालिकको सिलान्यास गरेको स्मरण गर्नु भयो उपमेयर बिनाकुमारी श्रेष्ठले । तत्कालीन परियार सेवा समाजको पहलमा शालिक निर्माण तथा ब्यवस्थापन गरिएको थियो । समाजका अध्यक्ष अवकास प्राप्त मेजर बलबहादुर सुन्दासले नेतृत्व गरेका थिए समाजलाई ।

बिहानको खानापछी ११ बजे नेपाल पत्रकार महासंघ गोरखाले आफ्नै कार्यालयमा झापाली सञ्चारकर्मीको टोलीलाई स्वागत सम्मान गर्यो । झापाली टोलीका तर्फबाट फाउण्डेशनको परिचय र भ्रमणको औचित्यका बारेमा मैले नै कुरा राखँे भने समग्र टोलीका तर्फबाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष मोहन काजीले झापाली पत्रकारिता र राजनीति बारे जानकारी गराउनु भएको थियो । ! फोनिजका प्रदेश एक ईन्चार्ज पत्रकार दिपिन राईले विसे नगर्चीलाई राष्ट्रिय बिभुती घोषणा गर्दै राष्ट्रिय सम्मान दिनुपर्ने सुझाव दिनुभएको थियो ।

 

नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटाको अध्यक्षतामा भएको स्वागत सम्मान कार्यक्रममा झापाली सञ्चारकर्मी र गोरखाका विच भगिनी सम्बन्ध स्थापित गरे अझ सम्बन्धको उचाई बढ्ने कुरा राख्दा हामीलाई अझै खुशी बढेको थियो । हाम्रो टोलीलाई नेपाल पत्रकार महासंघ गोरखाले रात्री भोजकोसमेत ब्यवस्था गरेर झापाली सञ्चारकर्मी टोलीको स्वागत गर्न कुनै कमि राखेन ।

कात्तिक २४ गते दिनभरीको अध्ययन , भ्रमण , विसे नगर्चीको शालिक निर्माण परिसरमा पुगेर एक मिनेट मौन धारण गरि विसे नगर्चीको स्मरण गर्दै गोरखा दरवार , गोरखा संग्रहालयको अवलोकन गरि बेलुका होटलमा बास बस्न आईपुगिएको थियो ! कात्तिक २५ गते हाम्रो यात्रा झापातर्फ प्रस्थान गर्दैगर्दा केही साथीहरु काठमाडौं र पोखरातर्फ अघिल्लो रातमै लाग्नु भएको थियो ।

 

विसे नगर्चीको अध्ययन गर्न गोरखा जाने टोलीमा झापाका पत्रकारहरु मोहन काजी , दिपिन राई , राजेन्द्र गौतम , ज्ञानेन्द्र निरौला , तुलसीप्रसाद निरौला , पर्वत पोर्तेल , चिरन्जिवी घिमिरे , टिकाराम नेति , बिजय बराल , बिनोद पाण्डे , प्रदिप बस्नेत , रन्जित परियार , बिस्णु कुल श्रेष्ठ , पशुपती टोल बिकास संस्थाका अध्यक्ष राजकुमार कार्की र म आफै सहभागी रहेका थियौ ।
विसे नगर्ची अध्ययन अनुसन्धान यात्रा सफल भयो र आगामी दिनहरुमा थप तथ्यहरु प्रकाशमा आउने छ । यात्रा र उद्धेश्य पूरा गर्ने सन्दर्भमा मनैदेखी सहयोग पुर्याउनु हुने राजनीतिक दल , सामाजिक ब्यक्तित्व एवम् सञ्चारकर्मीप्रती हार्दिक आभार ब्यक्त गर्दै आगामी दिनमा पनि यसरी नै सहकार्यका साथ अघि बढ्दा गौरवको महसुस गर्नेछौं ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )