प्रेस चौतारी झापाको अधिवेशन पुस १९ गते

बिर्तामोड । प्रेस चौतारी झापाको जिल्ला अधिवेशन आगामी पुस १९ गते दमकमा हुने भएको छ । बिर्तामोडमा भएको प्रेस चौतारी झापा जिल्ला कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रेस चौतारी झापाका जिल्ला अध्यक्ष टिकाराम उप्रेतीको अध्यक्षता तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापाका पार्टी इञ्चार्ज अग्नी खरेलको प्रमुख आतिथ्यमा वैठक भएको थियो । कार्यक्रममा प्रमुख अतिथि खरेलले अधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न शुभकामना दिँदै चौतारीमा आवद्ध पत्रकारहरु समाजको सूचनाको मुख्य स्रोत हुनुपर्ने बताए ।
बैठकले चौतारीका सचिव प्रदीप परियारको संयोजकत्वमा सदस्यता अध्यावधिक समिति गठन गरेको छ । समितिको सदस्यहरुमा रोहित काफ्ले, सुदिप अधिकारी, अच्युत सुवेदी, सिर्जन घिमिरे, सरोज भट्टराई, प्रकाश पौडेल, रुपा बुढाथोकी र सागर गौतम रहेका छन् ।
त्यस्तै उपाध्यक्ष मनकुमार गदालको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ । समितिको सदस्यहरुमा उमानाथ भण्डारी, भूमिराज पराजुली, रमेश तिवारी, प्रकाश पौडेल, रामप्रसाद निरौला, विनोद सापकोटा र अनिल वाग्ले रहेका छन् । बैठकले नयाँ सदस्यताका लागि समेत आव्हान गरेको छ ।